
१ चैत, धनगढी । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले विभिन्न कानूनको निर्माण र जनताका दैनिक आउने समस्या समाधानमा प्रदेश सरकार केन्द्रित हुने बताएका छन् ।
प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आज यहाँ गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले कानून बनाउने, सुशासनको अनुभूति गराउने र भ्रष्टाचार शून्यमा झार्ने प्रदेश सरकारको पहिलो प्राथमिकताको विषय भएको स्पष्ट पारे ।
उनले प्रदेशको नामकरण र स्थायी राजधानीको विषयमा छलफल गरिने बताए । उनले भने, “प्रदेश सरकारले परिवर्तनको अनुभूति गराउने गरी काम अघि बढाउन लागेको छ ।”
वि.सं.२०७४ चैत १ बिहीवार १७:२७ मा प्रकाशित






























