back
CTIZAN AD

पूण्य भू

वि.सं.२०७४ चैत १९ सोमवार

1.2K 

shares
सुदीपभद्र खनाला
कवि

मेरो राष्ट्र चिरा गरेर दिइने काँक्रो कुनै होइन
मेरो राष्ट्र विरा भरेर मसला खाने कुरा होइन ।
मेरो राष्ट्र प्रणम्य सर्वजनको स्वाधीनता पावन
हामी पूर्ण स्वतन्त्र छौँ बुझ यहाँ आउन्न वैरी छुन ।।

छोडाईकन खान क्वाप्प सजिलै यो सुन्तला होइन
तोडी खान त्यसै चुसेर उखुको ढाँक्रो कुनै होइन ।
मेरो राष्ट्र म निम्ति प्राणसरि हो बेवारिसे होइन
मेरो चम्चम नाच्नसक्छ खुकुरी आउन्न वैरी छुन ।।

मेरो राष्ट्र विराट चेत युगको निर्विघ्न स्वातन्त्र्य धीः
मेरो राष्ट्र अनन्त रश्मि नभको सौदामिनी गौरवी  ।
कस्को हिम्मत खेल्न अग्निसँग यो को सक्छ ऐरी हुन
जिस्क्याई भन बाँच्नसक्छ कुन त्यो आउन्न वैरी छुन ।।

हामी नित्य स्वतन्त्र हौँ जगतमा सद्भाव फैलाउछौँ
जो सानो कमजोर दीन तिनको नै दुःख मेटाउछौँ  ।
हामी मर्न तयार छौँ तर वृथा झुक्दैन यो जीवन
मेरो राष्ट्र प्रणम्य हो जगतमै आउन्न वैरी छुन ।।

हामी सन्तति बुद्धका मनुजता सर्वत्र घन्काउछौँ
नौलो एक बिहान शैलपटमा निर्माणको ल्याउछौँ ।
आशाका नवसिर्जना लहरले सक्छौँ निराशा धुन
मेरो राष्ट्र त पूण्य भूः अमर हो आउन्न वैरी छुन ।।

मेरो राष्ट्र बहन्छ है धमनिमा यो धुक्धुकीमा बसी
मेरै अन्तरआत्मभित्र मनका सानो कुनामा पसी ।
बाँचोस् राष्ट्र अनन्त भन्छ कवि यो आफैँ मरेको दिन
मेरो राष्ट्र अभेद्ध्य धर्तितलमै आउन्न वैरी छुन ।।

इति

छन्दः शार्दूलविक्रीडित

वि.सं.२०७४ चैत १९ सोमवार ०९:३९ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...