back
CTIZAN AD

समाज परिवर्तनका लागि युवा शक्तिको सहयोग आवश्यक

वि.सं.२०७४ चैत २१ बुधवार

990 

shares

२१, चैत, काठमाडौँ– मुलुकको आमूल परिवर्तनमा युवा शक्तिको साथ सहयोग आवश्यक रहेको छ ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क र सामुदायिक प्रहरी सेवा केन्द्रले आज यहाँ आयोजना गरेको ‘नागरिकको चाहना प्रहरीको कर्तव्यमा युवाको भूमिका’ विषयक अन्तरक्रियामा महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले नयाँ बसपार्क क्षेत्रको शान्ति सुरक्षाका लागि इमान्दार युवाको समिति निर्माण गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

“काठमाडौँ परिवर्तन गर्ने अभियानमा प्रहरी लागेको छ, यसमा इमान्दार नागरिकको सहयोग आवश्यक छ”, उहाँले भने ।

प्रमुख पोखरेलले समाजमा खुल्ने विभिन्न संघसंस्था र क्लब नामका लागिमात्र नभएर समाजसेवा गर्नसमेत सबैलाई आग्रह गरे । प्रहरी र युवा हातेमालो गरेर अगाडि बढेमात्र नयाँ बसपार्क क्षेत्रको शान्ति सुरक्षामा परिवर्तन आउने उहाँको भनाइ थियो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख योगेन्द्रसिंह थापाले नागरिकको सहयोगबिना प्रहरीले शान्ति सुरक्षाको क्षेत्रमा सुधार ल्याउन नसक्ने भन्दै समाजमा घट्ने हरेक घटनाको सूचना प्रहरीलाई दिन आग्रह गरे ।

टोखा नगरपालिका वडा नं १० का अध्यक्ष जेपी नेपालले बसपार्क रहेको गोङ्गबु क्षेत्रलाई नमूना क्षेत्र बनाउनका लागि वडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

टोखा नगरपालिका वडा नं ८ का अध्यक्ष केशव खत्रीले व्यक्ति आफैँ सुध्रिन सकेमात्र समाज सुधार हुने भएकाले समाजसुधारका लागि आफैँबाट अभियान थाल्नुपर्ने बताए ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रताप पौडेलले देशभरबाट आएका सवारी साधन पार्किङ क्षेत्र नयाँ बसपार्कको शान्ति सुरक्षामा सुधार ल्याई सबैको रोजाइ नयाँ बसपार्क बनाउन आफू लाग्ने प्रतिबद्धता व्यक्त गरे । उहाँले बर्दीको महत्वलाई केन्द्रमा राखेर बसपार्कको शान्ति सुव्यवस्थालाई राम्रो बनाउने स्पष्ट पारे ।

चार महिनामा प्रभागले सामुदायिक प्रहरी सेवा केन्द्रसँग मिलेर १७ विद्यालयमा जनचेतनामूलक कार्यक्रम, आठ वटा जुवाको खाल नियन्त्रण र ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरिसकेको सेवा केन्द्रका प्रहरी नायब निरीक्षक दीपेन्द्रबहादुर मल्लले जानकारी दिए ।

वि.सं.२०७४ चैत २१ बुधवार १४:२२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...