२१ चैत, रत्ननगर, चितवन । नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य तथा पूर्व सांसद जागृतप्रसाद भेटवालको आज निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित भेटवालको काठमाडौँको वीरअस्पतालमा उपचारका क्रममा केही बेरअघि निधन भएको नेकपा एमाले चितवनका पूर्व अध्यक्ष जगन्नाथ थपलियाले बताए ।
भेटवालको पिशावथैली नजिकैको प्रोष्टेट ग्रन्थीकोे क्यान्सर रोगबाट पीडित थिए । पछिल्लो समयमा शरीरका विभिन्न अंगमा क्यान्सर फैलिएपछि विगत डेढ महिनादेखि भेटवाल अस्पतालमा उपचाररत थिए ।
चितवन राप्ती नगरपालिका–४ भण्डारा निवासी भेटवालको श्रीमती, दुई छोरी र एक छोरा रहेको एमाले प्रदेश नं ३ का सदस्य कृष्ण खनालले जानकारी दिएका छन् ।
वि.सं.२०७४ चैत २१ बुधवार १४:३८ मा प्रकाशित






























