back
CTIZAN AD

राज्यमन्त्री बाँस्कोटाद्वारा शैक्षिक अक्षयकोषको शुभारम्भ

वि.सं.२०७५ वैशाख १ शनिवार

699 

shares

१ बैशाख, धुलिखेल । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले रु १० लाखको शैक्षिक विकास अक्षयकोषको शुभारम्भ गरेका छन् ।

आज काभ्रेपलाञ्चोकको बनेपामा काभ्रे सेवा समाज साउदी अरबको प्रथम वार्षिकोत्सवको अवसरमा उहाँले सो कोषको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले विदेशी भूमि साउदी अरबमा बसेर जीवनको मूल्यबाट जम्मा गरेको रकमबाट राष्ट्रको नाममा स्थापना गरिएको अक्षयकोषबाट काभ्रेपलाञ्चोक र देशको शैक्षिक विकासको लागि उल्लेखनीय सहयोग पुग्ने विचार व्यक्त गरे ।
उनले यस वर्ष सरकारले नागरिक उत्तरदायित्व अभियानअन्तर्गत एक जनाले आफ्नो परिवारबाहेक एक जना व्यक्तिलाई पढ्नमा सहयोग गर्नुपर्ने अभियान चलाएको बताउनुहुँदै त्यसमा सबैले सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा संघीय सांसद गंगाबहादुर तामाङले साउदी अरबमा बसेर श्रम गरी जम्मा गरिएको रकमबाट आफ्नो देशको सुन्दर गाउँबस्तीको सपना बुन्दै स्थापना गरिएको अक्षयकोष सराहनीय रहेको बताए ।
सो क्रममा अक्षयकोषको लागि सहयोग गर्नुभएका संस्थाका प्रमुख सल्लाहकार द्धारिकाराज गिरी, भवन भट्ट र लोक गायक मच्छेश्वर सापकोटालगायतलाई सम्मान गरिएको थियो ।
१६ जनाको समिति रहेको उक्त संस्था एक वर्ष अगाडि काभ्रेपलाञ्चोक जिल्लाको बृहत्तर हितको लागि स्थापना गरिएको संस्थाका संयोजक जेनकुमार लामाले बताए ।

कोषबाट जिल्लाका गरीब, जेहेन्दार र पिछडिएका समुदायका विद्यालयस्तरका विद्यार्थीको अध्ययनको लागि सहयोग गर्ने लामाले बताए ।

वि.सं.२०७५ वैशाख १ शनिवार १५:२२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...