back
CTIZAN AD

भूकम्पमापन उपकरण जडान गर्ने कार्य शुरु

वि.सं.२०७५ वैशाख १ शनिवार

921 

shares

१ बैशाख, रसुवा । हिमाली क्षेत्रमा जाने भूकम्पमापनका लागि उत्तरी रसुवाको पार्वतीकुण्ड क्षेत्रमा उपकरण जडान गर्ने काम शुरु भएको छ ।

खानी तथा भूगर्व विभागका भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार जमिनको सतहभित्र ब्रोडब्याण्ड सिस्टोमिटर, एक्सिलरो मिटर र जिपिएस तीन प्रकारका उपकरणको सहायताले पृथ्वी हल्लिनासाथ भूकम्पको रेक्टर आउने र भिस्याट उपकरणले काठमाडाँैस्थित लैनचौरमा जडान भएको केन्द्रीय मापन केन्द्रको विवरण एकसाथ पु¥याउन आवश्यक सामग्री जडान कार्य शुरु गरिएको छ ।

खानी तथा भूगर्व विभागको कार्ययोजना अनुरुप नेपालका १० हिमाली स्थानमा यस्ता भूकम्प मापन गर्ने उपकरण जडान गरिने र यही आर्थिक वर्षको अन्त्यसम्ममा काम सम्पन्न गर्ने गरी रसुवाको पार्वती कुण्डको माथिल्लो भागमा काम शुरु गरिएको बताइएको छ ।

दोस्रो चरणअन्तर्गत सोलुखुम्बुको थाप्लु, संखुवासभाको खाँदबारी, लमजुङको घलेगाउँ, मुस्ताङको कागबेनी, उपल्लो मुस्ताङको लोमाङथाङ दार्चुलाको खलांगा आसपास क्षेत्रमा भूकम्प मापन गर्ने उपकरण जडान गर्ने कार्ययोजना बनिसकेको छ । बाँकी तीन स्थानको अध्यायन भइरहेको भूगर्भविद् भट्टराईले बताए ।

त्यस्तै रसुवाको नाथगली क्षेत्रमा आजभन्दा १२ वर्ष अगाडि पृथ्वीको सतह पत्ता लगाउन जडान भएको जिपिएसले तिब्बेतेन सतहमुनि इण्डिया प्लान्टले प्रतिवर्ष २१ मिनीमिटर उत्तर सरिरहेको देखाउने गरेको उनले बताए ।

वि.सं.२०७५ वैशाख १ शनिवार १८:३८ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...