back
CTIZAN AD

गजल ४९

वि.सं.२०७५ वैशाख १३ बिहीवार

783 

shares

परमा अधिकारी

कपाल दारी बनाउनु छ छुट्टीको दिन आज
घरेलु काम सुल्झाउनु छ छुट्टीको दिन आज

धेरै भयो किर्तनमा भजन गाँउन नपाएको
ढोल मादल बजाउनु छ छुट्टीको दिन आज

पल्लो गाँउमा गत हप्ता दुइटा मान्छे मरेअरे
मानु चामल पुर्याउनु छ छुट्टीको दिन आज

आमा मन्दिर गाँऊ घुम्ने छोरी पार्लर बजार
सबको चित्त बुजाउनु छ छुट्टीको दिन आज

छर्छिमेकी आफन्त बोल्नै छाड्यो भन्छ्न् अरे
सबैलाई फोन लगाउनु छ छुट्टीको दिन आज

अस्तिदेखि साथीभाइ तेरो पालो भन्दै थिए
भुटन रक्सी पिलाउनु छ छुट्टीको दिन आज

पल्लो घर कुटुम्मले हिजो मात्र किने अरे
बसाँईं सार्न सघाउँनु छ छुट्टीको दिन आज

झर्को फर्को गर्छिन् उनी भाँडा बर्तन ठटाउँछिन्
समय मिलार्इ सम्झाउनु छ छुट्टीको दिन आज

इति

वि.सं.२०७५ वैशाख १३ बिहीवार ०८:२५ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...