back
CTIZAN AD

साउदी अरबमा एक नेपालीको मृत्यु

वि.सं.२०७५ वैशाख २७ बिहीवार

825 

shares

deathbody२७ वैशाख, राजविराज । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका एक युवकको मंगलबार राति मृत्यु भएको छ ।

सप्तरी जिल्लाको खडक नगरपालिका–९, लालपटृीका २४ वर्षीय सञ्जय साहको मृत्यु भएको परिवारजनलाई उध्दृत गर्दै सूचना तथा परामर्श केन्द्र, राजविराजका मिडिया अधिकृत चन्दनकुमार यादवले जानकारी दिए । उनी २०७३ असार ९ गते साह मिडल इस्ट म्यानपावर कम्पनी, काठमाडौँमार्फत साउदी अरब गएका र त्यहाँको अल्फानार कन्स्ट्रक्सन कम्पनीमा कम्प्यूटरसम्बन्धी काम गर्दै आएका थिए ।

सञ्जय सो कम्पनीमा काम गरी आफ्नै डेरामा खाना खाएर सुतेका तर बुधबार बिहान साथीहरुले उठाउन जाँदा उनी मृत अवस्थामा फेला परेको सञ्जयका दाई उमेश साहले बताए ।
यसैबीच, मृतक साहको साउदीबाट शव ल्याइदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई उनको परिवारजनले आग्रह गरेका छन् ।

वि.सं.२०७५ वैशाख २७ बिहीवार ०९:०३ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...