back
CTIZAN AD

इजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री पेरेजको निधन

वि.सं.२०७३ असोज १२ बुधवार

1.7K 

shares

१२ असोज,इजरायल। नोवेल शान्ति पुरस्कार विजेता ईजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री शिमोन पेरेजको बुधबार निधन भएको छ ।

दुई साता अघिदेखि सिकिस्त विरामी हुनुभएका पेरेजको ९३ वर्षको उमेरमा स्थानीय समयअनुसार विहान ०३ बजे निधन भएको पेरेजका छोरीज्वाइँ रफी वालडेनले जानकारी दिनुभयो ।

पेरेज दुई पटक प्रधानमन्त्री र एकचोटि राष्ट्रपति बन्नुभएको थियो भने जीवनको उत्तरार्धसम्म पनि राजनीतिकरुपमा क्रियाशिल हुनुहुन्थ्यो ।

प्यालेस्टिनीसँंग शान्ति सम्झौता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उहाँलाई सन् १९९४ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

उहाँको निधन प्रति विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्रप्रमुखले दुःख व्यक्त गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओवामाले शान्तिका लागि सधैभरी प्रयत्न गरिरहने व्यक्तिका रुपमा उहाँलाई स्मरण गर्नुभएको छ ।

“विश्वमा पेरेजजस्ता सीमित मान्छे छन्, जस्ले विश्वलाई नै परिवर्तनको वहाक बनेर मानव इतिहासमा ठुलो योगदान गर्नुभएको छ । उहाँ हाम्रो शक्ति र नैतिकताका श्रोत पनि हुनुहुन्छ ।” ओवामाले वक्तव्यमा भन्नुभएको छ ।

अमेरिकाकै पूर्वराष्ट्रपति विल क्लिनटनले पनि पेरेजलाई शान्ति र मेलमिलापका अभियान्तको रुपमा सम्झना गर्नुभएको छ ।

इजरायलकै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गहिरो शोक व्यक्त गर्नुभएको छ भने प्रतिपक्षी दलका नेता इस्साक हेर्जङले इजरायलको इतिहासका प्रतिक भएकाले कहिल्यै भुल्न नसक्ने बताउनु भएको छ ।

पेरेजले प्रधानमन्त्री र राष्ट्रपतिका रुपमा सन् २००७ देखि २०१४ सम्म इजरायलको नेतृत्व गर्नुभएको थियो । रासस÷एएफपी

वि.सं.२०७३ असोज १२ बुधवार ०८:५२ मा प्रकाशित

अमेरिकाको लगातार आठौं रात इरानमाथि आक्रमण, इरानको जवाफी आक्रमण

अमेरिकाको लगातार आठौं रात इरानमाथि आक्रमण, इरानको जवाफी आक्रमण

काठमाडौं । अमेरिका र इरानबीचको सैन्य तनाव झन् चर्किएको छ।...

विश्वकप फाइनलमा ट्रम्पको भूमिका फेरि चर्चाको विषय

विश्वकप फाइनलमा ट्रम्पको भूमिका फेरि चर्चाको विषय

बेडमिन्स्टर । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार हुने...

जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

दुबई । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको...

 अनशनरत भारतीय अभियन्ताको स्वास्थ्य अवस्थाबारे चिन्ता

 अनशनरत भारतीय अभियन्ताको स्वास्थ्य अवस्थाबारे चिन्ता

नयाँदिल्ल । नयाँदिल्लीको एक अदालतले बिहीबार भारतको परीक्षा प्रणालीविरुद्ध अनशनरत...

अमेरिकी महिलाको रिहाइमा ‘शुभेच्छाको इशारा’:  भन्दै राष्ट्रपति ट्रम्पद्धारा प्रशंसा

अमेरिकी महिलाको रिहाइमा ‘शुभेच्छाको इशारा’:  भन्दै राष्ट्रपति ट्रम्पद्धारा प्रशंसा

वाशिङटन, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार...

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...