back
CTIZAN AD

अष्टमी गुरुङको हत्याको आरोप लागेका बंगलादेशी नागरिक निर्दोष सावित

वि.सं.२०७५ जेठ २ बुधवार

597 

shares

२ जेठ, युएई । यहाँ एक नेपाली महिलाको मृत्यु प्रकरणमा आरोपित बंगलादेशी नागरिक निर्दोष भएको फैसला आबुधाबी अदालतले गरेको छ ।

गोरखाको आरुघाट २ कि अष्टमी गुरुङलाई बंगलादेशी नागरिक साइमन काजीले बलात्कार गरेर आत्महत्या गर्न बाध्य बनाएको भन्ने भिडियो सार्वजनिक भएपछि आबुधाबीस्थित नेपाली दूतावासले कुटनैतिक ‘च्यानल’मार्फत कानूनी प्रक्रिया अघि बढाएको थियो ।
सोही मुद्दामा आबुधाबीको उपल्लो अदालतले गएको वैशाख ९ (अप्रिल २८) मा बंगलादेशी नागरिक साइमन काजी निर्दोष भएको फैसला सुनाएको नेपाली दूतावासले जनाएको छ । दूतावासले यहाँको परराष्ट्र तथा सुरक्षा निकायका माथिल्लो तहसम्म समन्वय गरेर मुद्दा टुंगिएको बारे पुष्टि गरेको हो ।
कतिपय नेपाली सञ्चारमाध्यमले घटनालाई आवश्यक भन्दा धेरै उचालेर आत्महत्याको विषयलाई हत्या भनिदिएको कम्पनीले जनाएको छ । घटनाप्रति गम्भिर भएको तथा अदालतले गरेको फैसलाको सम्मान गर्ने पनि कम्पनीले जनाएको छ ।
अदालतको फैसलाबारे कम्पनीका जनरल म्यानेजरले दूतावासलाई पत्र लेखेका थिए । अदालतको फैसला पछि सफाइ पाएका बंगलादेशी नागरिक घर बिदामा गएको कम्पनीले जनाएको छ ।
अदालतको फैसलापछि अष्टमी कार्यरत अरबियन गल्फ क्लिनिङ कम्पनीले दूतावासलाई पत्र पठाउँदै आफ्नो कम्पनीको कामदार निर्देष रहेको र यस प्रकरणमा कम्पनीको नाम जोडिनुले कम्पनीले क्षति बेहोर्नु परेको उल्लेख छ । कम्पनीले सामाजिक सञ्जालमा बिना प्रमाण अरुलाई दोष दिएर अन्य कसैको बदनामी गर्न खोज्नेप्रति कानूनी उपचार खोज्ने संकेत गरेको छ ।
अष्टमीको मुद्दामा यहाँका विभिन्न निकायबाट सहयोग पाएको विषय स्मरण गर्दै अनुसन्धान र कानुन अनुसार फैसला भइसकेको विषयमा टिकाटिप्पणी नगर्न, अन्य भ्रम हुने खालका बहस नगर्न अनुरोध गरिएको द्वितीय सचिव कृष्ण अर्याल बताए ।
कतिपय नेपाली सञ्चारमाध्यमले घटनालाई आवश्यक भन्दा धेरै उचालेर आत्महत्याको विषयलाई हत्या भनिदिएको कम्पनीले जनाएको छ । घटना प्रति गम्भिर भएको तथा अदालतले गरेको फैसलाको सम्मान गर्ने पनि कम्पनीले जनाएको छ ।
अदालतको फैसलाबारे कम्पनीले लेखेको पत्र र मुद्दा टुुंगिएको विषयबारे युएईको परराष्ट्र मन्त्रालय, सुरक्षा निकायसँग दूतावासले जानकारी लिएको छ । नेपालका विभिन्न निकायमा बुधवार पत्र लेखेर जानकारी गराइने युएईका लागि कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिए ।

अष्टमीको मुद्दामा यहाँका विभिन्न निकायबाट सहयोग पाएको विषय स्मरण गर्दै अनुसन्धान र कानुन अनुसार फैसला भइसकेको विषयमा टिकाटिप्पणी नगर्न, अन्य भ्रम हुने खालका बहस नगर्न अनुरोध गरिएको द्वितीय सचिव कृष्ण अर्याल बताए ।
अष्टमी गुरुङको शव गएको कात्तिक १८ गते आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएको थियो । आत्महत्या गर्नुअघि परिवारलाई सम्बोधन गरेर मोवाइलमा रेकर्ड गरेको भिडियो परिवारले भेटेपछि एनआरएन मार्फत युएई ल्याइएको मोवाइल डेढ महिनापछि दूतावासमा बुझाइएको थियो ।

वि.सं.२०७५ जेठ २ बुधवार १४:१६ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...