१३ असोज,पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय जातका बीउबिजनको संरक्षणमा कृषिसँग सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।
कृषि सम्बन्धित कार्यालयका गतिविधिका बारेमा आज यहाँ जानकारी लिएपछि उहाँले नयाँ नयाँ प्रविधिको प्रयोग गरी कृषिको आधुनिकीकरण गर्न कृषि प्राविधिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
कृषि क्षेत्र अझै पनि पछाडि परेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले सरकारले पनि यस क्षेत्रलाई जनशक्तिको अभाव हुन नदिई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा क्षेत्रीय कृषि निर्देशक धनबहादुर घर्तीले कृषि क्षेत्रमा देखापरेका समस्याका बारेमा राष्ट्रपतिसक्षम जानकारी गराउनुभएको थियो । रासस
वि.सं.२०७३ असोज १३ बिहीवार ०९:३१ मा प्रकाशित