नेपाल एशोसिएसन इटालीको आयोजनामा २३ मे २०१८ मा एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।इटालीभित्र रहेका विभिन्न स्थानीय नेपाली समाज , एनआरएनए इटालीका पूर्वकार्यसमितिका पदाधिकारी लगायत अन्य सामाजिक व्यक्तिहरुको उपस्थितिमा इटालीको भेनिस मेस्त्रेमा भएको उक्त बिसेष अन्तरक्रियात्मक कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष दिपेशकुमार रेग्मीको अध्यक्षतामा बसेको थियो ।
बैठकको सुरुवात एनआरएनए इटालीका सल्लाहकार रिचार्ड भण्डारीकी ममतामयी आमा गोमा भण्डारीको आसामयिक निधनप्रति शोक व्यक्त गदै सुरु भएको थियो ।
भेनिस समाजको तर्फ़बाट एनआरएन इटालीका निबर्तमान महासचिब रामकुमार राइ लगायतअन्य पधाधिकारीहरुले एनआरएनए बर्तमान कार्यसमिति लगायत अन्य स्थानीय समाजका प्रतिनिधिहरुलाई बिसेष स्वागत गरेका थिए ।
बैठकमा संघका अध्यक्ष दिपेसकुमार रेग्मीले कार्यक्रमको उदेस्य र प्रस्ताबहरुबारे प्रकाश पारेका थिए भने संघका महासचिब छबिलाल कंडेलले लामो समयको प्रयास पछि भेनिसमा संघको बैठक तथा बैठक आयोजना, व्यबस्थापन र न्यानो स्वागतको लागि हृदय देखि नै भेनिस समाजलाइ धन्यबाद दिएका थिए । संघका उपाध्यक्ष देवराज गुरुंगले स्थानीय समाज र एनआरएनए बिच बिसेष सम्बन्ध हुनुपर्ने बताउदै संघको रचनात्मक कार्यकर्मको लागि सबैको सहयोग, सल्लाह र सुझबको अपेक्षा व्यक्त गरेका थिए ।
उक्त बैठकमा पारमा समाजको तर्फबाट आफ्नो मन्तब्य राख्दै संघका उपाध्यक्ष मनोजकुमार कार्कीले एनआरएनएको महतो तथा एसको भूमिकाको बारेमा बिस्तृत चर्चा गर्दै स्थानीय नेपाली समाजहरुको भूमिकामा नै एनआरएनए इटालीको सफलता जोडिएको भन्दै इटाली भित्र रहेका नेपालीहरुको समस्या समाधान गर्नको लागि स्थानीय समाजहरुको सहभागिता आजको आवस्यकता रहेको बताएका थिए ।
भेनिसबासि नेपालीहरुको तर्फबाट भेनिस समाजका अध्यक्ष अमिर महर्जनले एनआरएनए इटालीका प्रत्येक कामकारबाहीहरु पारदर्शी हुनुपर्ने बताउदै समाजले रचनात्मक कार्ययोजनाहरुमा पूर्ण सहयोग गर्ने विश्वास दिलाएका थिए ।
नेपाल मितेरी मंच मिलानोका अध्यक्ष बिशाल तामांगले एनआरएनले स्थानीय समाजहरु र एनआरएनए बीच यसरि बैठक बसी आपसी हितहरु तथा नेपालीहरुको समस्या समाधानको लागि लिएको पहलकदम प्रति धन्यबाद प्रकट गरे । उनले आफुले पनि यस्ता कार्यकर्म बैठकहरुको लागि पहल गरेको जनाउदै एनआरएनए को बिधान तथा निर्बाचन सम्बन्धि नियम हरुलाई परिबर्तन गर्न सकेमा यसमा देखियका बिकृति तथा विसंगतिहरु हट्दै जाने र एनएनआरएनए सफफ हुने विश्वास ब्यक्त गरे । इटाली भित्र रहेका स्थानीय समाजहरुको संलग्नतामा एनआरएनए इटालीले प्रत्येक शहरमा कम्तिमा पनि वर्षको एक कार्यक्रम गर्न सकिए पनि त्यसले सबैमा आत्मियता बढाउने भनाइ राखे । उनले एनआरएनएका राम्रा कामहरुको लागि समाजको सधै सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे ।
यसैगरि नेपाली समाज पिसाका अध्यक्ष सन्तोष पाण्डेले एनआरएनए इटालीले सबै समाजलाइ जोड्ने गरि कार्यकर्म राख्नुपर्ने र रचनात्मक कार्यक्रमको लागि समाजको सहयोग रहने बताए । उक्त बैठकमा एनआरएनए इटालीका पूर्वमहासचीब राजन चापागाईंले एनआरएनएलार्इ पारदर्शी बनाउदै सबैले आ–आफ्नो जिमेवारी सहित कम गर्नु पर्ने बताउदै आफ्नो पूर्ण सहयोग रहने बताए । यसैगरि एनआरएनए इटालीक पूर्वउपाध्यक्ष लक्कु पुनले स(साना मतभेदलार्इ समाधान गर्दै पारदर्शी ढंगले सबैको साथ लिई आगाडी बढ्नुपर्ने बताए ।
उक्त छलफल कार्यक्रमले सबै पक्षबाट एनआरएनए इटाली भित्र रहेका नेपालीहरुका समस्याहरु जस्तै : कागजी, इमिग्रेसन , फेमिली भिसा लगायत अन्य बिषयमा सामुहिक धारणाका साथ अगाडी बढ्ने निर्णय पनि गरेको छ । साथै बैठकले स्थानीय नेपाली सामाज र एनआरएन इटालीबीच भाइचाराको सम्बन्ध विस्तार गर्दै नेपाली संकृति, नेपालीहरुका हकहितका बारेमा आपसी छलफल र सहमतिका साथ् आगाडी बढ्ने निर्णय पनि गरेको छ।
बैठकमा प्रस्तुत विभिन्न प्रस्ताबहरु प्रति सम्पूर्ण समाजहरुको अन्तरिक समितिहरुको निर्णयसहित साझा धारणा बनाउने निर्णय गरेको छ । बैठकले एनआरएनए इटाली र नेपाली स्थानीय समाजहरु बीच सम्बन्धलाइ अझ गाढा बनाउदै लगाउने क्रममा एनआरएनए इटालीको आयोजना साथै नेपाली समाज पिसाको व्यबस्थापनमा सबै नेपालीसमाजहरुको सहभागीतिमा यहि आउदो अगष्ट महिनामा एनआरएनए कप इन्टरसिटी फूटबल प्रतियोगिता र संकृतिक कार्यकर्म गर्ने महत्तोपूर्ण निर्णय गरेको छ । उक्त प्रतियोगिताको मितिसहित सम्पूर्ण कार्ययोजना छिट्टैनै प्रकाश गरिने जानकारी दिइएको छ ।
फूटबल प्रतियोगिता सम्बन्धमा सम्पुर्ण समाजका अध्यक्ष सदस्य रहने गरि डा भिमबहादुर बमको संयोजकत्वमा बिशेष समिति गठन गरेको छ । यसैगरि सांस्कृतिक कार्यकर्मको लागि अन्तराष्ट्रिय कलाकारमंच इटलीलार्इ सबै समाजको प्रतिनिधित्तो रहने गरि कार्यक्रम संचालनको लागि अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
अन्तमा बैठकमा सहभागिताको लागि सम्पूर्ण समाज र यहाँहरुले एनआरएन इटाली प्रति देखाएको आस्था र सहयोगको लागि सम्पूर्ण भेनिसबासी नेपालीहरु लगायत भेनिस समाज प्रति व्यक्ति गरिएको थियो ।
वि.सं.२०७५ असार १२ मंगलवार १८:२० मा प्रकाशित






























