Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

सिरियामा हवाई आक्रमणबाट उन्नाइसको मृत्यु



२० असोज, बेरुत (लेबनान) । उत्तरी सिरियामा बुधबार इस्लामिक स्टेट (आईएस) समूहको नियन्त्रणमा रहेको ग्रामीण इलाकामा हवाई आक्रमण हुँदा तीन बालबालिकासहित कम्तिमा १९ जनाको मृत्यु भएको सिरियाली मानवअधिकारवादी समूहले जनाएको छ ।

हवाई आक्रमण टर्कीद्वारा गराइएको हो वा अमेरिकी नेतृत्वको सुरक्षाफौजले गरेको भन्नेबारेमा प्रष्ट नभएको उक्त समूहले बताएको छ । यी दुवै समूहले सिरियामा जिहादी विद्रोही विरुद्धको कारबाहीमा सहयोग पु¥याउँदै आएका छन् ।

बेलायतस्थित उक्त मानवअधिकारवादी समूहका अनुसार आक्रमण उत्तरी अलेप्पोको थालठाना प्रान्तमा भएको हो । यो इलाका आईएसको अलबाब समूहको सुरक्षित आश्रयस्थल हो । एएफपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले