back
CTIZAN AD

म्याथु नामक आँधीका कारण हैटीमा व्यापक क्षति

वि.सं.२०७३ असोज २० बिहीवार

969 

shares

२० असोज, पोर्ट ओ प्रिन्स (हैटी) । हैटीमा करिब एक दशक यताकै शक्तिशाली आँधीका कारण बुधबार नौ जनाको मृत्यु भएको छ भने हजारौ मानिस विस्तापित भएका छन् ।

विश्वकै गरिब मुलुकमध्येको एक राष्ट्र हैटीको पश्चिमी क्षेत्रमा अघि बढेको उक्त म्याथु नामक आँधी क्रमशः पूर्वी क्युबातिर बढिरहेको बताइएको छ ।

आँधीका कारण हैटीको राजधानी पोर्ट ओ प्रिन्सलाई जोड्ने पुल भत्किएपछि यहाँको स्थिति भयावह बनेको यहाँको गृह मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।

आँधीपछि विस्थापित बनेका करिब नौ हजार मानिसलाई विद्यालय, चर्चलगायतका सार्वजनिक ठाउँहरूमा राखिएको छ । आँधीका कारण यहाँका विद्यालयमा सोमबारसम्मका लागि पठनपाठन बन्द गरिएको छ ।

आँधीका कारण हैटीका विभिन्न क्षेत्रमा ठूलो सङ्ख्यामा घर भत्किएका, रुखहरू ढल्दा यातायात आवतजावतमा कठिनाई भएको र कतिपय सहरी तथा ग्रामीण बस्ती जलमग्न भएको मन्त्रालयले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

आगामी आइतबार गरिने भनिएको राष्ट्रपतीय तथा संसदीय निर्वाचन आँधीपछि स्थगित हुने वा नहुने सम्बन्धमा सरकारी अधिकारीले अझै निर्णय भईनसकेको बताएका छन् ।

यसैबीच आँधीबाट करिब पाँच मिटरसम्मको अग्लो तरङ्ग सिर्जना गर्दै क्युबाको पूर्वी भागतिर गएपछि क्युबाले आफ्ना करिब १३ लाख नागरिकलाई सुरक्षित स्थलतर्फ सारेको छ ।

क्युबामा आँधीका कारण भएको पूर्ण क्षतिको बारेमा विवरण आइनसकेको क्युबाली अधिकारीले जनाएका छन् । उक्त आँधी क्रमशः अमेरिकी राज्य दक्षिण फ्लोरिडा, उत्तरी क्यारोलिना, जर्जियातिर अघि बढेको बताइएको छ ।

आँधीका कारण अमेरिकी राष्ट्रपति बाराक ओबामाले फ्लोरिडामा आफ्नो पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनको समर्थनमा चुनावी सम्बोधन गर्न तय गरिएको कार्यक्रम तत्कालका लागि रद्द भएको बताइएको छ ।

दक्षिणी क्यारोलिनाबाट करिब ११ लाख मानिसलाई तटीय क्षेत्रबाट सुरक्षित स्थलतर्फ सार्ने तयारी गरेको छ । आँधी आगामी दुई दिनसम्म सक्रिय रहने बताइएको छ । एएफपी

वि.सं.२०७३ असोज २० बिहीवार ०३:५४ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...