back

म्याथु नामक आँधीका कारण हैटीमा व्यापक क्षति

वि.सं.२०७३ असोज २० बिहीवार

543 

shares
GLOBAL IME AD
NTC AD

२० असोज, पोर्ट ओ प्रिन्स (हैटी) । हैटीमा करिब एक दशक यताकै शक्तिशाली आँधीका कारण बुधबार नौ जनाको मृत्यु भएको छ भने हजारौ मानिस विस्तापित भएका छन् ।

विश्वकै गरिब मुलुकमध्येको एक राष्ट्र हैटीको पश्चिमी क्षेत्रमा अघि बढेको उक्त म्याथु नामक आँधी क्रमशः पूर्वी क्युबातिर बढिरहेको बताइएको छ ।

आँधीका कारण हैटीको राजधानी पोर्ट ओ प्रिन्सलाई जोड्ने पुल भत्किएपछि यहाँको स्थिति भयावह बनेको यहाँको गृह मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।

आँधीपछि विस्थापित बनेका करिब नौ हजार मानिसलाई विद्यालय, चर्चलगायतका सार्वजनिक ठाउँहरूमा राखिएको छ । आँधीका कारण यहाँका विद्यालयमा सोमबारसम्मका लागि पठनपाठन बन्द गरिएको छ ।

आँधीका कारण हैटीका विभिन्न क्षेत्रमा ठूलो सङ्ख्यामा घर भत्किएका, रुखहरू ढल्दा यातायात आवतजावतमा कठिनाई भएको र कतिपय सहरी तथा ग्रामीण बस्ती जलमग्न भएको मन्त्रालयले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

आगामी आइतबार गरिने भनिएको राष्ट्रपतीय तथा संसदीय निर्वाचन आँधीपछि स्थगित हुने वा नहुने सम्बन्धमा सरकारी अधिकारीले अझै निर्णय भईनसकेको बताएका छन् ।

यसैबीच आँधीबाट करिब पाँच मिटरसम्मको अग्लो तरङ्ग सिर्जना गर्दै क्युबाको पूर्वी भागतिर गएपछि क्युबाले आफ्ना करिब १३ लाख नागरिकलाई सुरक्षित स्थलतर्फ सारेको छ ।

क्युबामा आँधीका कारण भएको पूर्ण क्षतिको बारेमा विवरण आइनसकेको क्युबाली अधिकारीले जनाएका छन् । उक्त आँधी क्रमशः अमेरिकी राज्य दक्षिण फ्लोरिडा, उत्तरी क्यारोलिना, जर्जियातिर अघि बढेको बताइएको छ ।

आँधीका कारण अमेरिकी राष्ट्रपति बाराक ओबामाले फ्लोरिडामा आफ्नो पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनको समर्थनमा चुनावी सम्बोधन गर्न तय गरिएको कार्यक्रम तत्कालका लागि रद्द भएको बताइएको छ ।

दक्षिणी क्यारोलिनाबाट करिब ११ लाख मानिसलाई तटीय क्षेत्रबाट सुरक्षित स्थलतर्फ सार्ने तयारी गरेको छ । आँधी आगामी दुई दिनसम्म सक्रिय रहने बताइएको छ । एएफपी

वि.सं.२०७३ असोज २० बिहीवार ०३:५४ मा प्रकाशित

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले...

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

  बेइजिङ । कथित डम्पिङमाथि गरिएको अनुसन्धानपछि चीनले सोमबार अमेरिका,...

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

नयाँदिल्ली । विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) द्वारा जारी एक निर्देशनपछि...

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजा सिटी । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक...

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर...

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले...