back
CTIZAN AD

पेरिस सम्झौता अनुमोदनको कागजात राष्ट्र सङ्घलाई बुझाइयो

वि.सं.२०७३ असोज २० बिहीवार

1.1K 

shares

२० असोज, काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगले बुधबार नेपालले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गरेको दस्तावेज नेपाल सरकारका तर्फबाट बुधबार राष्ट्र सङ्घलाई बुझायो ।

नियोगद्वारा बुधबार प्रकाशित प्रेस विज्ञप्ति अनुसार असोज १८ गते नेपालको व्यवस्थापिका–संसद्ले अनुमोदन गरेको कागजात परराष्ट्र« मन्त्रालयले नियोगलाई पठाएपछि सो हस्तान्तरण गरिएको हो । साथमा जनसङ्ख्या तथा वातावरण मन्त्रालयले बोनस्थित युएनएफसीसी सचिवालयमा आफ्नो राष्ट्रिय योगदान दर्ता गरेको कागजात पनि प्रस्तुत गरिएको छ ।

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदनको कागजातमा परारष्ट्रमन्त्री डा प्रकाशशरण महतले हस्ताक्षर गर्नुभएको छ ।

नेपाललगायत अन्य देशले बुधबार प्रस्तुत गरेको कागजातले पेरिस सम्झौता कार्यान्वयन हुन चाहिने हरितगृह ग्यास उत्सर्जनको ५५ प्रतिशत वा ५५ वटा पक्ष राष्ट्र« हुनुपर्ने सर्त पूरा भएको छ ।

सम्झौतालाई बुधबार सम्ममा ७२ राष्ट्रले हस्ताक्षर गरेका छन् । अब सो सम्झौता एक महिनापछि अर्थात् नोभेम्बर ४, २०१६ देखि लागू हुनेछ ।

नेपालले सो सम्झौताको सफल कार्यान्वयनले बाढीपहिरो, हिमताल पग्लने, जलवायुका असामान्य फेरबदल, जैविक विविधता नाश र लाखौँको जीवीकामा परेको असरमा सहयोग पु¥याउने आशा पनि राखेको छ । रासस

वि.सं.२०७३ असोज २० बिहीवार ०४:०३ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...