Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

पेरिस सम्झौता अनुमोदनको कागजात राष्ट्र सङ्घलाई बुझाइयो



२० असोज, काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगले बुधबार नेपालले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गरेको दस्तावेज नेपाल सरकारका तर्फबाट बुधबार राष्ट्र सङ्घलाई बुझायो ।

नियोगद्वारा बुधबार प्रकाशित प्रेस विज्ञप्ति अनुसार असोज १८ गते नेपालको व्यवस्थापिका–संसद्ले अनुमोदन गरेको कागजात परराष्ट्र« मन्त्रालयले नियोगलाई पठाएपछि सो हस्तान्तरण गरिएको हो । साथमा जनसङ्ख्या तथा वातावरण मन्त्रालयले बोनस्थित युएनएफसीसी सचिवालयमा आफ्नो राष्ट्रिय योगदान दर्ता गरेको कागजात पनि प्रस्तुत गरिएको छ ।

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदनको कागजातमा परारष्ट्रमन्त्री डा प्रकाशशरण महतले हस्ताक्षर गर्नुभएको छ ।

नेपाललगायत अन्य देशले बुधबार प्रस्तुत गरेको कागजातले पेरिस सम्झौता कार्यान्वयन हुन चाहिने हरितगृह ग्यास उत्सर्जनको ५५ प्रतिशत वा ५५ वटा पक्ष राष्ट्र« हुनुपर्ने सर्त पूरा भएको छ ।

सम्झौतालाई बुधबार सम्ममा ७२ राष्ट्रले हस्ताक्षर गरेका छन् । अब सो सम्झौता एक महिनापछि अर्थात् नोभेम्बर ४, २०१६ देखि लागू हुनेछ ।

नेपालले सो सम्झौताको सफल कार्यान्वयनले बाढीपहिरो, हिमताल पग्लने, जलवायुका असामान्य फेरबदल, जैविक विविधता नाश र लाखौँको जीवीकामा परेको असरमा सहयोग पु¥याउने आशा पनि राखेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम