Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

‘जीवराज आश्रित स्मृति भवन’ हस्तान्तरण



२८ असोज,काठमाडौँ  । नेकपा (एमाले) का तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा निर्माण गरिएको भवन आज हस्तान्तरण गरिएको छ ।

काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिलमा निर्माण गरिएको सो भवनको आज आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आश्रितका श्रीमती माया ज्ञवालीलाई हस्तान्तरण गर्दै मुलुकको राजनीतिक विकास क्रममा आश्रितले पु¥याएको योगदान अविस्मरणीय रहेको चर्चा गर्नु भयो । उहाँले आश्रितको सम्मान तथा स्मरणमा पार्टीले विभिन्न कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र अष्टलक्ष्मी शाक्यलगायतको सहभागितामा भएको कार्यक्रममा पार्टीका नेता सानुकुमार श्रेष्ठले भवन निर्माणमा सहयोग गर्ने विभिन्न सङ्घसंस्था, स्वदेशी तथा विदेशीलाई धन्यवाद व्यक्त गर्दै विभिन्न राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्न सो भवन उपयोगी हुने बताउनुभयो ।

अखिल नेपाल महिला सङ्घका केन्द्रीय सदस्य तुलसी थापाको संयोजकत्वमा सो भवन बनेको हो । सोही भवनमा निर्मित आश्रितको सालिक समेत आज अनावरण गरिएको थियो ।
विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको दुर्घटनामा आश्रितको निधन भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम