back
CTIZAN AD

‘जीवराज आश्रित स्मृति भवन’ हस्तान्तरण

वि.सं.२०७३ असोज २८ शुक्रवार

1.1K 

shares

२८ असोज,काठमाडौँ  । नेकपा (एमाले) का तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा निर्माण गरिएको भवन आज हस्तान्तरण गरिएको छ ।

काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिलमा निर्माण गरिएको सो भवनको आज आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आश्रितका श्रीमती माया ज्ञवालीलाई हस्तान्तरण गर्दै मुलुकको राजनीतिक विकास क्रममा आश्रितले पु¥याएको योगदान अविस्मरणीय रहेको चर्चा गर्नु भयो । उहाँले आश्रितको सम्मान तथा स्मरणमा पार्टीले विभिन्न कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र अष्टलक्ष्मी शाक्यलगायतको सहभागितामा भएको कार्यक्रममा पार्टीका नेता सानुकुमार श्रेष्ठले भवन निर्माणमा सहयोग गर्ने विभिन्न सङ्घसंस्था, स्वदेशी तथा विदेशीलाई धन्यवाद व्यक्त गर्दै विभिन्न राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्न सो भवन उपयोगी हुने बताउनुभयो ।

अखिल नेपाल महिला सङ्घका केन्द्रीय सदस्य तुलसी थापाको संयोजकत्वमा सो भवन बनेको हो । सोही भवनमा निर्मित आश्रितको सालिक समेत आज अनावरण गरिएको थियो ।
विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको दुर्घटनामा आश्रितको निधन भएको थियो ।

वि.सं.२०७३ असोज २८ शुक्रवार १६:२५ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...