back
CTIZAN AD

लिवाङ बजार अब सिसी क्यामेराको निगरानीमा

वि.सं.२०७५ साउन २१ सोमवार

723 

shares

२१ साउन, रोल्पा । सदरमुकाम लिवाङ बजारमा अब सिसी क्यामेराबाटै निगरानी गरिने भएको छ । अपराध अनुसन्धान तथा शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यले उक्त क्यामेरा जडान गरिएको हो ।

बजार क्षेत्रको दैनिक गतिविधि अब प्रहरी कन्ट्रोलरुमबाटै निगरानी हुने प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताए ।

रोल्पा नगरपालिका, रोल्पा उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, गैर सरकारी संस्था महासंघ, विभिन्न बंैक र लेखापढी कानून व्यवसायी एशोसिएशनको संयुक्त लागतमा सदरमुकामका विभिन्न स्थानमा १० वटा सिसी क्यामेरा जडान गरिएको छ ।

ती क्यामेरामध्ये चार वटा चारैतिर घुम्ने र छ वटा एकैतिर रहने खालका छन् । टुँडिखेल क्षेत्रमा तीनवटा, जनता बैंक अगाडि, लोकतान्त्रिक चोकमा , बीच बजारमा, पिपल चौतारामा सात्ताले खोलामा, शिवालय मन्दिरमा र जिल्ला प्रशासन कार्यालयको ढोकामा एक–एक वटा क्यामेरा रहेका छन् ।

जिल्ला सदरमुकाममा विभिन्न क्षेत्रका मानिसको आवतजावत हुने भएकाले सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न तथा सामाजिक विकृति रोक्न क्यामेरा जडान गरिएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए ।

ती क्यामेराका लागि उक्त नगरपालिकाबाट रू सात लाख र अन्य निकायबाट रु ११ लाख ६३ हजार व्यहोरिएको उनले जानकारी दिए ।

वि.सं.२०७५ साउन २१ सोमवार १५:५९ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...