मलेसियामा कार्यरत एक युवाले ट्वाइलेटमा झुण्डिएर आत्महत्या गरेका छन् ।
काभ्रेको रोशी गाउँपालिका १२ भिमपोखरीका सेराप सिङ तामाङले आफू बस्ने घरको ट्वाइलेटमा झुण्डिएर आत्महत्या गरेका छन् ।
तामाङले साउन १८ (अगस्त ३) शुक्रबारका दिन आत्महत्या गरेको मलेसियाबाट काभ्रे सेवा समाज मलेसियाका अध्यक्ष उर्गेन थोकरले जनाएका छन् ।
उनका अनु्सार उनले किन आत्महत्या गरे भन्ने अहिले सम्म खुलेको छैन । आत्महत्या गर्नुभन्दा पहिले तामाङले आफ्नो मोबाइलबाट सिम निकालेर मोबाइलसहित सीमकार्ड पनि पानीमा डुबाइदिएर सम्पर्कविहिन भएका थिए ।
‘ पारिवारीक कारण हो कि भन्ने अनुमान गरिएको छ ।’ अध्यक्ष उर्गेनले संसारन्युजसँग भने ।
उर्गेनका अनुसार शुक्रबार उनले आत्महत्या गरेको र मलेसियामा शनिबार र आइतबार विदा हुने भएकोले आज (सोमबार) मात्र नेपाली दूतावास मलेसियामा जानकारी गराइएको छ । भोली मंगलबार अन्य प्रक्रिया अघि बढाइने छ ।
वि.सं.२०७५ साउन २१ सोमवार १६:४८ मा प्रकाशित






























