back
CTIZAN AD

इजिप्टका राष्ट्रपतिद्वारा सिरिया सङ्कटबारे विदेश नीतिको बचाउ

वि.सं.२०७३ कात्तिक १ सोमवार

957 

shares

१  असोज,कायरो (इजिप्ट) । इजिप्टका राष्ट्रपति अब्देल फताह अलसिसीले आइतबार तीन वटा राज्य सञ्चालित पत्रिकारमा दिएको अन्तरर्वातामा आफ्नो देशको विदेश नीति सवै मुलुकका लागि समान र खुला रहेको बताउनुभएको इजिप्टको मेना न्युज एजेन्सीले बताएको छ ।

इजिप्टले हालै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा भएको सिरिया सङ्कटबारे प्रस्तुत भएको सङ्कल्प प्रस्तावमा रसियाद्वारा तयार प्रस्तावको पक्षमा मतदान गरेको थियो । यसले इजिप्टको ठूलो सहयोगी खाडी मुलुक साउदी अरबसँग विवाद उत्पन्न गर्नसक्ने केही इजिप्टेली विश्लेषकको बुझाइ छ ।

सुरक्षा परिषद्मा सिरिया सङ्कट समाधानका लागि फ्रान्स र स्पेनद्वारा प्रस्तुत सङ्कल्प प्रस्ताव वा रसियाली प्रस्तावमध्ये एकमा मतदान गर्नुपर्ने विकल्पमा इजिप्टले रसियाको प्रस्तावलाई समर्थन गरेपछि इजिप्टमा यसलाई लिएर बहस सुरु भएपछि राष्ट्रपतिले इजिप्टले कुनै पनि छिमेकी राष्ट्रलाई हस्तक्षेप नगर्ने नीतिअनुरुप अघि बढ्ने बताउनुभएको छ ।

उहाँले इजिप्टको विदेश नीति विश्व समुदायबीच एकता र भातृत्वको सम्बन्ध कायम गर्दै अघि बढ्ने रहेको बताउनुभएको मेना न्युज एजेन्सीले बताएको छ ।

राष्ट्रपति सिसीले इजिप्टको सिरियाली सङ्कटलाई हेर्ने दृष्टिकोणबारे आफ्नो मुलुकको धारणा राष्ट्रसङ्घ सुरक्षा परिषद् बैठकमा राखिसकेको पनि बताउनुभएको छ ।

उहाँले सुरक्षा परिषद् बैठकमा प्रस्तुत दुवै सङ्कल्प प्रस्तावको उद्देश्य सिरियामा युद्धबिराम गराउनु र मानवीय सहायतालाई द्वन्द्वपीडित क्षेत्रका नागरिकसम्म पु¥याउने हो यसमा यो वा त्यो पक्ष भन्नु गलत हुने बताउनुभयो ।

सञ्चारमाध्यमले जनाएअनुसार साउदी अरबले उत्तर अफ्रिकी मुलुकहरुद्वारा समर्थन गरेको रसियाली सङ्कल्प प्रस्तावमा इजिप्टले पनि मतदान गरेको भनी साउदी अराम्को कम्पनीले इन्धन आपूर्तिमा नियन्त्रण गरेपछि विदेश नीतिबारे बहस सुरु भएको हो ।

हामी र अरबी छिमेकी राष्ट्रहरुबीच सहकार्य गर्दै बीचमा देखिएका अस्पष्टतालाई चिर्दै समस्याको समाधान गरी अघि बढ्नुको विकल्प छैन, त्यसैले आफू यसका लागि पहल गर्न इच्छुक रहेको राष्ट्रपति अलसिसीले बताउनुभयो । रासस÷एएफपी

वि.सं.२०७३ कात्तिक १ सोमवार ०५:२४ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...