back
CTIZAN AD

सञ्चारिका समुहको अध्यक्षमा पत्रकार नितु पण्डित

वि.सं.२०७५ असोज १ सोमवार

741 

shares

१ असोज, काठमाडौ । महिला पत्रकारहरुको छाता संगठनको अध्यक्षमा पत्रकार नितु पण्डित निर्विरोध निर्वाचित भएकी छन् ।
संचारिका समुहको आइतबार (३१ भदौ) का दिन सम्पन्न २२ औं साधारणसभाले पण्डितको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

समुहको उपाध्यक्षमा कमला पन्थी, महासचिवमा बिमला थुम्खेवा, सचिवमा यशोदा अधिकारी, कोषाध्यक्षमा सीमा शर्मा र सदस्यहरुमा कविता थापा, कृति भट्टराई, दुर्गा कार्की, बसन्ती वास्तोला,सञ्चिता घिमिरे, उर्वशी बस्न्यात, रुबी रौनियार, पवित्रा सुनार निर्बिरोध चयन भएका छन् ।


प्रत्येक दुई वर्षमा नयाँ नेतृत्व छनौट गर्दै आएको उक्त समुहको अध्यक्षले दुई कार्यकाल भन्दा बढी संस्थाको नेतृत्व लिन नपाउने प्राबधान रहेको छ । साथै यसपटक सबै पदाधिकारीहरु निर्विरोध चयन भएको बताइएको छ ।

नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल तथा महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको आतित्थमा सम्पन्न उक्त २२ औं साधारणसभा तथा ७ औं महाधिबेशनले संचारगृहहरु लैङ्गिकमैत्री हुनुपर्ने लगायतका ११ बँुदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।

वि.सं.२०७५ असोज १ सोमवार ०९:१३ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...