back
CTIZAN AD

फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो

वि.सं.२०७५ असोज १ सोमवार

591 

shares

१ असोज, मनिला, फिलिपिन्स । फिलिपिन्समा ‘म्याङ्कुट’ नामक भीषण आँधीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ६५ पुगेको प्रहरीले सोमबार जानकारी दिएको छ ।

फिलिपिन्सको केन्द्रीय प्रहरीका अनुसार लुजोन द्वीपमा यस आँधीमा परी ५४ र उत्तरी फिलिपिन्समा अन्य ११ व्यक्तिको मृत्यु भएको छ । यस प्रकोपमा परी अन्य ४३ बेपत्ता रहेका र ६४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

हाल फिलिपिन्समा केही मत्थर देखिएको उक्त आँधी हङकङ र चीनको पूर्वी तटीय सहरमा प्रवेश गरेको छ । त्यहाँ पनि आँधीले ठूलो क्षति पु¥याएको छ ।

प्रहरी प्रवक्ता बेनिग्नोे दुरानाले सोमबार प्रकाशित गरेको विज्ञप्तिमा मृतक सङ्ख्या ६५ पुगेको बताइएको छ । फिलिपिन्समा म्याङ्कुट आँधीका कारण ज्यान गुमाएका नागरिकको सङ्ख्या आइतबारसम्म ४९ पुगेको थियो । फिलिपिन्सको उत्तरी क्षेत्रमा रहेको लुजोन द्वीपमा आँधीबाट सबैभन्दा बढी जनधनको क्षति भएको छ ।

आँधीका कारण फिलिपिन्सको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । आँधीका कारण फिलिपिन्समा मात्र ४० लाखभन्दा बढीलाई प्रभावित पार्ने देखिएको छ । आँधीले रुखहरू ढालेको, घरका छाना उडाएको, झ्यालहरू फुटाएको बताइएको छ । लुजोनका धेरै ठाउँमा पहिरो र बाढी आएको छ ।

आँधीपछि गएको भूस्खलनको कारण यस क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन ।

मध्य फिलिपिन्समा सन २०१३ मा आएको सुपर टाइफून ‘हाइयान’ का कारण ६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी सन २०१३ मा राजधानी मनिलामा आएको ‘केत्साना’ नामक आँधीका परी सात सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

वि.सं.२०७५ असोज १ सोमवार १६:५२ मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...