back
CTIZAN AD

साझा नेपाली समाज युकेको अध्यक्षमा अधिकारी र महासचिवमा सापकोटा

वि.सं.२०७५ असोज १० बुधवार

846 

shares

बेलायतको मिडल्याण्डमा रहेका नेपालीहरुको संस्था मिलेर बनेको साझा नेपाली समाज युकेको वुल्भरह्याम्पटमा २४ सेप्टेम्बरका दिन सम्पन्न बिशेष भेलाले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै समाजको उपाध्यक्षमा नारायण फुंयाल र रामचन्द्र सुवेदी, महासचिवमा मिलन सापकोटा, सचिवमा नृपेश उप्रेती तथा सदस्यहरुमा हरि भुषाल, सुदर्शन पराजुली, पुण्डरी अर्याल, टिकाराम गौतम, राम प्रसाद बन्जाडे, श्याम खत्री, भिम शर्मा, विष्णु लामिछाने र कमल आचार्य चयन भएका छन् ।

समाजका महासचिव मिलन सापकोटाका अनुसार रिक्त रहेका कोषाध्यक्ष, सहकोषाध्यक्ष सहित केही सदस्य पदहहरु केहि दिनमै नयाँ कार्यसमितिको बैठकले चयन गरिने संसारन्युज डटकमलाई बताएका छन् ।

दयानिधी सापकोटाको संयोजकत्वमा गंगाधर गौतम र तारानाथ भण्डारी सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिको चयन गरेको हो भने मिडल्याण्ड क्षेत्रमा रहेका पिटरबरो नेपाली समाज, सिर्जनशील लेस्टर नेपाल, हाम्रो नेपाली समाज, वुल्भरह्याम्पट लगायतका संस्थाहरुबाट चुनिएर आएका प्रतिनिधिहरुलाई समेटेर समाजको नयाँ कार्यसमिति गठन गरिएको हो ।

नवनिर्वाचित अधिकारीले मिडल्याण्ड क्षेत्रका सबै नेपालीहरुको प्रतिनिधित्व गर्ने साझा संस्थाको नेतृत्वमा आफूलाई विस्वास गरेर नेतृत्वको जिम्मेवारी दिएकोमा आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिएका थिए ।


सोहि अवसरमा नवनियुक्त कार्यसमितिलाई निवर्तमान अध्यक्ष रण बहादुर खाती र पूर्वअध्यक्षहरु गंगा गौतम र राजु कंडेलले बधाई दिएका थिए भने संस्थापक अध्यक्ष शंकर भण्डारीले नयाँ कार्यसमितिलाई खादा र टिका लगाइदिएर कार्यकाल सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सन् २००२ मा बिशुद्ध सामाजिक सोँच बोकेर खुलेको समाजले मिडल्याण्ड र त्यसका वरपर रहेका नेपाली संघ संस्थाहरुबीच छाता संगठनको रुपमा सक्रिय भूमिका खेल्दै आएको छ । साथै नेपालमा आइपरेका प्राकृतिक विपत्तिमा सहयोग तथा कल्याणकारी काम गर्दै आएको छ ।

वि.सं.२०७५ असोज १० बुधवार १०:०३ मा प्रकाशित

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...