
बेलायतको मिडल्याण्डमा रहेका नेपालीहरुको संस्था मिलेर बनेको साझा नेपाली समाज युकेको वुल्भरह्याम्पटमा २४ सेप्टेम्बरका दिन सम्पन्न बिशेष भेलाले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै समाजको उपाध्यक्षमा नारायण फुंयाल र रामचन्द्र सुवेदी, महासचिवमा मिलन सापकोटा, सचिवमा नृपेश उप्रेती तथा सदस्यहरुमा हरि भुषाल, सुदर्शन पराजुली, पुण्डरी अर्याल, टिकाराम गौतम, राम प्रसाद बन्जाडे, श्याम खत्री, भिम शर्मा, विष्णु लामिछाने र कमल आचार्य चयन भएका छन् ।
समाजका महासचिव मिलन सापकोटाका अनुसार रिक्त रहेका कोषाध्यक्ष, सहकोषाध्यक्ष सहित केही सदस्य पदहहरु केहि दिनमै नयाँ कार्यसमितिको बैठकले चयन गरिने संसारन्युज डटकमलाई बताएका छन् ।
दयानिधी सापकोटाको संयोजकत्वमा गंगाधर गौतम र तारानाथ भण्डारी सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिको चयन गरेको हो भने मिडल्याण्ड क्षेत्रमा रहेका पिटरबरो नेपाली समाज, सिर्जनशील लेस्टर नेपाल, हाम्रो नेपाली समाज, वुल्भरह्याम्पट लगायतका संस्थाहरुबाट चुनिएर आएका प्रतिनिधिहरुलाई समेटेर समाजको नयाँ कार्यसमिति गठन गरिएको हो ।
नवनिर्वाचित अधिकारीले मिडल्याण्ड क्षेत्रका सबै नेपालीहरुको प्रतिनिधित्व गर्ने साझा संस्थाको नेतृत्वमा आफूलाई विस्वास गरेर नेतृत्वको जिम्मेवारी दिएकोमा आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिएका थिए ।
सोहि अवसरमा नवनियुक्त कार्यसमितिलाई निवर्तमान अध्यक्ष रण बहादुर खाती र पूर्वअध्यक्षहरु गंगा गौतम र राजु कंडेलले बधाई दिएका थिए भने संस्थापक अध्यक्ष शंकर भण्डारीले नयाँ कार्यसमितिलाई खादा र टिका लगाइदिएर कार्यकाल सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सन् २००२ मा बिशुद्ध सामाजिक सोँच बोकेर खुलेको समाजले मिडल्याण्ड र त्यसका वरपर रहेका नेपाली संघ संस्थाहरुबीच छाता संगठनको रुपमा सक्रिय भूमिका खेल्दै आएको छ । साथै नेपालमा आइपरेका प्राकृतिक विपत्तिमा सहयोग तथा कल्याणकारी काम गर्दै आएको छ ।
वि.सं.२०७५ असोज १० बुधवार १०:०३ मा प्रकाशित