back
CTIZAN AD

क्लिन्टन र ट्रम्पबीच फेरी चर्को बहस

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

927 

shares

४ कात्तिक,लस भेगास (नेभादा) । अमेरिकामा आगामी ८ नोभेम्बरका दिन हुन गइरहेको राष्ट्रपतिय निर्वाचनका दुई सशक्त उम्मेदवारः हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पकाबीच फेरी एक पटक चर्को बहस भएको छ ।

चुनावी प्रचारप्रसारका क्रममा सम्पन्न सो कार्यक्रम तेस्रो र अन्तिम बहस भएको जनाइएको छ ।

नेभादा राज्यको लस भेगासस्थित एक विश्वविद्यालयमा स्थानीय समयानुसार बुधबार साँझ ६ः०० बजेदेखि सुरु भएको टेलिभिजन बहस करिब दुई घन्टासम्म चलेको थियो ।

प्रत्यक्ष प्रसारण गरिएको सो बहसमा मुख्य, मुख्य दस विषयः कर प्रणाली, रोजगारीका अवसर सिर्जना, आप्रवासीसम्बन्धित समस्या, वैदेशिक नीति, वाणिज्य तथा वैदेशिक व्यापार, नियम कानूनको परिपालना, बालबालिका संरक्षण, बन्दुकको स्वामित्वसम्बन्धि ऐनलगायत अन्य धेरै आन्तरिक तथा बाह्य मामिलामा दुबै उम्मेदवारले आ–आफ्नो धारणा प्रस्तुत गरे ।

बहस र बादविवादका क्रममा दुवै उम्मेदबार आ–आफ्नो पार्टीको नीतिगत भिन्नता पुष्टि गरी श्रोताको मन जित्न खोज्नुभन्दा आ(आफ्नै अडानमा रही ब्यक्तित्वको टक्कर वा जुङगाको लडाईमा भुलेका प्रतित हुन्थ्यो ।

आप्रवासी समस्याबारे ट्रम्पले एकपटक स्पेनी भाषाको शव्दबाट “कुमनसाय लिएका खराब मानिस” (ब्याड होम्बर्स)लाई अमेरिकाबाट धपाउनुपर्छ भन्ने सम्बोधन गर्दा “होम्बर्स” शव्द मेक्सिकाली आप्रवासीलाई लक्षित गरिएको हो भन्ने अर्थ लाग्न गई तत्कालै यसको विश्वब्यापी तीव्र प्रतिक्रिया र विरोध भयो । लाखौँ ब्यक्तिले अनलाइन र ट्वीटरबाट यसको विरोध साथ आक्रोस पनि पोखेका छन् ।

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ११:१७ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...