Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

क्लिन्टन र ट्रम्पबीच फेरी चर्को बहस



४ कात्तिक,लस भेगास (नेभादा) । अमेरिकामा आगामी ८ नोभेम्बरका दिन हुन गइरहेको राष्ट्रपतिय निर्वाचनका दुई सशक्त उम्मेदवारः हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पकाबीच फेरी एक पटक चर्को बहस भएको छ ।

चुनावी प्रचारप्रसारका क्रममा सम्पन्न सो कार्यक्रम तेस्रो र अन्तिम बहस भएको जनाइएको छ ।

नेभादा राज्यको लस भेगासस्थित एक विश्वविद्यालयमा स्थानीय समयानुसार बुधबार साँझ ६ः०० बजेदेखि सुरु भएको टेलिभिजन बहस करिब दुई घन्टासम्म चलेको थियो ।

प्रत्यक्ष प्रसारण गरिएको सो बहसमा मुख्य, मुख्य दस विषयः कर प्रणाली, रोजगारीका अवसर सिर्जना, आप्रवासीसम्बन्धित समस्या, वैदेशिक नीति, वाणिज्य तथा वैदेशिक व्यापार, नियम कानूनको परिपालना, बालबालिका संरक्षण, बन्दुकको स्वामित्वसम्बन्धि ऐनलगायत अन्य धेरै आन्तरिक तथा बाह्य मामिलामा दुबै उम्मेदवारले आ–आफ्नो धारणा प्रस्तुत गरे ।

बहस र बादविवादका क्रममा दुवै उम्मेदबार आ–आफ्नो पार्टीको नीतिगत भिन्नता पुष्टि गरी श्रोताको मन जित्न खोज्नुभन्दा आ(आफ्नै अडानमा रही ब्यक्तित्वको टक्कर वा जुङगाको लडाईमा भुलेका प्रतित हुन्थ्यो ।

आप्रवासी समस्याबारे ट्रम्पले एकपटक स्पेनी भाषाको शव्दबाट “कुमनसाय लिएका खराब मानिस” (ब्याड होम्बर्स)लाई अमेरिकाबाट धपाउनुपर्छ भन्ने सम्बोधन गर्दा “होम्बर्स” शव्द मेक्सिकाली आप्रवासीलाई लक्षित गरिएको हो भन्ने अर्थ लाग्न गई तत्कालै यसको विश्वब्यापी तीव्र प्रतिक्रिया र विरोध भयो । लाखौँ ब्यक्तिले अनलाइन र ट्वीटरबाट यसको विरोध साथ आक्रोस पनि पोखेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम