back
CTIZAN AD

खेलाडी तथा व्यवसायी श्रेष्ठद्धारा भवन निर्माणका लागि ४० लाख सहयोग

वि.सं.२०७५ असोज १६ मंगलवार

609 

shares

१६ असोज, काठमाडौं ।  पूर्व म्याराथन धावक तथा व्यवसायी यज्ञलाल श्रेष्ठले शिकोकाइ कराते भवन निर्माणका लागि १० लाख सहयोग गरेका छन् ।

अमेरिकाको क्यालिर्फोनियामा व्यवसाय गर्दै आएका श्रेष्ठले पोखरा १४ मा निर्माणधिन शिकोकाइ कराते भवनका लागि ४० लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

अमेरिकाको क्यालीफोर्नियमा हिमालयन फाउन्डेशन कर्पोरेशन मार्फत ब्यवसाय गर्दै आएका श्रेष्ठले आफ्नो पाँचौ प्रोजेक्ट अन्र्तगत नेपाल शितोरियो शिकोकाई कराते संघलाई ४० लाख उपलब्ध गराउने प्रतिवद्धता अनुसार बाँकी रहेको १० लाख असोज १३ गतेका दिन आयोजित एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् । उनले ३० लाख गतवर्ष नै दिइसकेको बताइएको छ ।

सोहि अवसरमा श्रेष्ठले नेपाल खेलकुद पत्रकार मंच कास्कीलाई तेश्रो पोखरा स्र्पोट्स अर्वाडका लागि २० हजार रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम उनले नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठकलाई हस्तान्तरण गरेका थिए ।

गण्डकी प्रदेशका सांसद राजिब पहारीको प्रमुख आतिथ्यता रहेको उक्त हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि पहारीले नेपालमा खेलकुद क्षेत्रमा ठूलो सम्भावना भए पनि यसक्षेत्रमा राज्यको प्राथमिकतामा नपरेको गुनासो गरेका थिए । उनले श्रेष्ठले गरेको सहयोगको सह्राना गर्दै भने, ‘उहाँको नाम यज्ञमात्रै होइन, महायज्ञनै हो ।’


कार्यक्रममा आफ्ना भनाई राख्दै सहयोगदाता तथा हिमालयन फाउन्डेशनका संस्थापक अध्यक्ष यज्ञलाल श्रेष्ठले आफू खेलकुदमा लागेर यूवा अवस्थामा नै विदेश पलायन भए पनि नेपालको शिक्षा र खेलकुद बिकासका लागि सदैव सहयोग गर्दै आएको बताएका थिए ।
अध्यक्ष श्रेष्ठले आफू २१ वर्षको उमेरमा दुःख गरेर आफ्नै खर्चमा सन २००२ र २००३ मा अमेरिकमा सिल्भर मेडल जितेर राष्ट्रको झण्डा फहराउँदाको अनुभुती र गर्व संधै महशुस भइरहने बताउँदै नेपाली खेलाडीका लागि सधै केही गरौं भन्ने लागिरहेको बताए ।

‘एउटा शसक्त खेलाडी बन्न जीवनमा कहिल्यै पनि हरेश खान हुन्न भन्ने पाठ सबैले सिक्न आवश्यक छ ।’ श्रेष्ठले भने ।

उनले विदेशी भूमीबाट मेडल जितेर नेपाल आउँदा समेत सम्बन्धीत क्षेत्रले वेवास्ता गरेको गुनासो गर्दै आफूसंग विदेश भासिनुको तितो यर्थाथ रहेको स्मरण गरे । ‘हामी खेलाडीले विदेशमा झण्डा फहराउँछौ, नेपाल र नेपालीले गर्व गर्ने काम गर्छौ । तर, राज्यले वास्ता नर्गदा दुख लाग्छ ।’ उनले भने ।

नेपाल शितोरियो शिकोकाई कराते संघकी अध्यक्ष शुष्मा गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा लायन्स क्लब ३२५ बिका डिष्ट्रीक्ट कोआर्डिनेटर मोहन कृष्ण श्रेष्ठ, लायन्स क्लब काष्ठमण्डप क्यालिफोर्नियाका अध्यक्ष नारायण सोनामी, शेयर एण्ड केयर फाउन्डेशनका निर्देशक रमेश खड्का, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठक, शिकोकाई कराते संघका उपाध्यक्ष महेन्द्र गुरुङ लगायतले अब खेलाडीहरुले पानीमा भिजेर प्रशिक्षण लिने समस्या समधान भएको बताउँदै मार्शल आर्ट खेलबाट राष्ट्रका लागि पदक ल्याउन नेपाली खेलाडी सक्षम हुने बताएका थिए ।

स्मरण रहोस्, हिमालयन फाउन्डेशनका संस्थापक अध्यक्ष श्रेष्ठले हालै अमेरिकाको सनफ्रान्सिस्कोमा नेपाली समाज घर निर्मााणका लागि आयोजित महायज्ञमा ५५ हजार ५ सय ५५ डलर (नेरु करिब ६५ लाख), शिन्धुपाल्चोक मेलम्ची स्थित श्री बाल सुधार माबीलाई करिब २५ लाख तथा ज्योती भञ्ज्याङ आधारभूत माबीलाई करिब ५० लाख सहयोग गरेका थिए । उक्त रकम ती विद्यालयको शैक्षिक उन्नतिका लागि गरिएको बताइएको छ ।

श्रेष्ठले विंस २०७२ सालको महाभुकम्पमा काभ्रे, नुवाकोट र दोलखामा समेत गरि करिब ५० लाख भन्दा बढी सहयोग गरेका छन ।

पूर्वखेलाडी श्रेष्ठले सन् २००२ मा नेपालको प्रतिनिधित्व गर्दै अमेरिकास्थित क्यालिफोर्निया वेष्टर्न स्टेट्स १ सय माइल दौडमा सहभागी भएर २२ घन्टा ३७ मिनेटमा दौड पूरा गरि रजत पदक जितेका थिए ।

वि.सं.२०७५ असोज १६ मंगलवार १०:४८ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...