back

त्रिविमा तोडफोड भएको भन्दै ध्यानाकर्षण

वि.सं.२०७५ असोज १६ मंगलवार

324 

shares
GLOBAL IME AD
NTC AD

१६ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयमा पसेर विद्यार्थीहरुले तोडफोड गरेको भन्दै ध्यानार्षण गराइएको छ ।

सोमबार शिक्षाध्यक्षको कार्यालयमा केही विद्यार्थीहरु प्रवेश गरेर कार्यकक्षको कुर्सी, टेबुल लगायतका भौतिक सामग्री तोडफोड गरी क्षति पु¥याएको तथा त्रिविका पदाधिकारीमाथि कार्यालयमै श्रृखंलाबद्ध रुपमा आक्रमण भएको भन्दै ध्यानाकर्षण गराइएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन त्रिवि केन्द्रीय समितिका अध्यक्ष यादव प्रसाद पोखरेल र त्रिवि प्रगतिशील कर्मचारी संगठन केन्द्रीय कमिटिका अध्यक्ष हेमराज न्यौपाने द्धारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ ‘मिति २०७५ असोज १४ गतेका दिन त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयमा केही विद्यार्थीहरु प्रवेश गरी कार्यकक्षको कुर्सी, टेबल लगायतका भौतिक सामग्री तोफोड गरी क्षति पु¥याएको तथा कार्यरत कर्मचारीहरुमाथि दुव्र्यवहार गरेको घटना प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । त्रि.वि.का पदाधिकारीहरुको कार्यालयमा श्रृंखलाबद्ध आक्रमण हुने कुराले कसैको पनि हित हुदैन ।

विश्वविद्यालयसँग सम्बद्ध सम्पूर्ण पक्षबीचको हार्दिकता र सुमधुर सम्बन्धले नै विश्वविद्यालय आफ्नो लक्ष्यमा पुग्न सफल हुन्छ । आफ्ना माग तथा समस्याहरुको समाधान खोज्न वार्ता र छलफलको माध्यम हुँदाहुँदै तोडफोड र अराजकशैली अनुशरण गर्नु घोर निन्दनीय छ । विश्वविद्यायलमा हुने त्यस्ता घटनाक्रमलाई निरुत्साहित गर्न सबै पक्षसँग हार्दिक अपिल गरिन्छ ।’

वि.सं.२०७५ असोज १६ मंगलवार १२:२६ मा प्रकाशित

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेख । दैलेखमा एक ११ वर्षीय बालकको हत्या भएको छ...

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

काठमाडौँ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क...

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सांसद मदनकुमारी गरिमा (शाह)ले जातीय भेदभाव तथा...

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

काठमाडौँ । गृहमन्त्री रमेस लेखकले जातीय विभेद र छुवाछूतका समस्या...

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली...

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण निर्माण...