Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

फिलिपिन्सका राष्ट्रपतिद्वारा अमेरिकासँगको सहकार्यबाट ‘पृथक’ बनेको घोषणा



५ कात्तिक, बेइजिङ (चीन) । चीन भ्रमणमा रहनुभएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले फिलिपिन्स लामो समयदेखि अमेरिकाको सहयोगी रहँदै आएको चर्चा गर्दै आफ्नो मुलुक अमेरिकासँगको सहकार्यलाई अन्त्य गरेको घोषणा बिहीबार गर्नुभएको छ ।

“म अमेरिकासँग रहँदै आएको सहकार्यबाट ‘पृथक’ भएको घोषणा गर्दछु,” फिलिपिन्सका राष्ट्रपति डुटेर्तेले एक कार्यक्रमबीच बताउनुभयो । डुटेर्तेले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई तियानमिनस्थित स्क्वाएर ग्रेट हल अफ द पिपुल्समा भेटेपछि अमेरिकासँगको सहकार्य अन्त्य भएको घोषणा गर्नुभएको हो ।

चिनियाँ राष्ट्रपति सी र फिलिपिन्सका राष्ट्रपति डुटेर्तेबीच आगामी दिनमा दुई छिमेकीबीचको विश्वासलाई थप मजबुत एवम् मैत्रीपूर्ण बनाउँदै अघि बढ्ने र सामुद्रिक सिमानामा देखिने विवादलाई वार्ताद्वारा कम गर्दै जाने विषयमा छलफल भएको फिलिपिन्सले बताएको छ ।

यसैबीच अमेरिकी अधिकारीले भने फिलिपिन्सद्वारा अमेरिकासँगको सहकार्य अन्त्य गर्ने सम्बन्धमा कुनै औपचारिक पत्राचार नभएको जनाएको छ । सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम