Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपालमा विदेशी लगानीकर्ताहरुको सम्मेलन हुँदै



५ कात्तिक, काठमाडौँ । सरकारले आगामी मार्च (फागुन–चैत)मा विदेशी लगानीकर्ता सम्मेलनको तयारी गरिरहेको छ ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालका लागि अमेरिकी राजदूत अलाइन बी टेप्लिजसँग विहिबार भएको भेटमा औद्योगिक वातावरणका लागि आवश्यक नीतिको तर्जुमा भइरहेको जानकारी दिँदै सम्मेलनमा अमेरिकी लगानीकर्ताको समेत उल्लेख्य सहभागिताका लागि अनुरोध गर्नुभयो । मन्त्री जोशीले नीतिगत सुधारका क्रममा अहिले विशेष आर्थिक क्षेत्र(सेज) र औद्योगिक व्यवसाय प्रवद्र्धन ऐन संसद्बाट पास भइसकेको र कम्पनी ऐन, वैदेशिक लगानीसम्बन्धी कानुन र बौद्धिक सम्पत्तिसम्बन्धी कानुन पास हुने क्रममा रहेको बताउनुभयो ।

उहाँले विदेशी लगानीसम्बन्धी कानुनले विदेशी लगानीका स्वरुपलाई स्पष्ट रुपमा परिभाषित गरेको, प्रविधि हस्तान्तरणका स्वरुप र विदेशी लगानी प्रवद्र्धनका लागि लगानी प्रवद्र्धन बोर्डको स्थापना गरिएको, गैरआवासीय नेपालीको लगानीमा थप सहजता र विदेशी लगानीको प्रवेश र बर्हिगमनका सम्बन्धमा स्पष्ट व्यवस्था गरिएको तथा जग्गा प्राप्तिलाई सहजीकरण गरिएको जस्ता विशेषता प्रस्तावित नीति तथा कानुनमा उल्लेख भएको पनि बताउनुभयो ।

सो अवसरमा अमेरिकी राजदूत टेप्लिजले नेपालले बौद्धिक सम्पत्तिसम्बन्धी नीति तयार गर्दा आफ्नो मुलुकका साथै वैदेशिक लगानीकर्ताको हितलाई समेत सम्बोधन गर्न सक्नुपर्ने सुझाव दिनुभएको उद्योगमन्त्रीका प्रेस सल्लाहकार प्रदीप चापागाईंले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ