५ कात्तिक, जोहानेसबर्ग (दक्षिण अफ्रिका) । दक्षिण अफ्रिकामा अपराधमूलक घटना नियन्त्रण प्रयासस्वरूप प्रहरीले २३ हजार ९९९ हतियार नियन्त्रणमा लिई नष्ट गरेको छ । प्रहरीले मुलुकको विभिन्न भागबाट नियन्त्रणमा लिएका हतियार दुरूपयोग नहोउन् भन्ने उद्देश्यका साथ हतियारलाई आगोमा गलाएर नष्ट गरेको यहाँको प्रहरीले जनाएको छ ।
प्रहरीले देशमा विभिन्न भागबाट बन्दुक, पेस्तोल र राइफललाई जम्मा गरी जलाएको जनाएको थियो । यसैक्रममा सुरक्षाकर्मीद्वारा प्रयोग गर्दे आएका तर साह्रै पुराना तथा काम नलाग्ने करिब तीन हजार १०० हतियारलाई पनि सो क्रममा नष्ट गरिएको थियो ।
दक्षिण अफ्रिकामा नागरिकलाई बन्दुक मुक्त बनाउने अभियानस्वरूप चालिएको अभियानमा नागरिकस्तरबाट पनि व्यापक सहयोग भएको प्रहरीले जनाएको छ । सिन्ह्वा