back
CTIZAN AD

अमेरिकाले मेक्सिको सीमामा थप आठ सय सैनिक परिचालन

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

663 

shares

९ कात्तिक, वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालयले संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा थप आठ सय सैनिक परिचालन गर्ने जनाएको छ । होन्डुरस, ग्वाटेमाला र मेक्सिकोका नागरिक अमेरिका प्रवेश गर्न ठूलो समूह (क्याराभान) बनाएर अघि बढ्दै गर्दा अमेरिकाले यस्तो निर्णय गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याराभानलाई मेक्सिको सीमाभित्रै रोक्न राष्ट्रिय आपतकालको घोषणा गर्नुका साथै त्यस्तो क्याराभानलाई अमेरिका प्रवेश गर्न नदिने बताएका छन् ।

सीमामा यसअघि नै तैनाथ करिब दुई हजार सैनिकलाई पछिल्लो टोलीले मद्दत गर्नेछ । रक्षामन्त्री जीम म्याटिसले थप सैनिक परिचालन सम्बन्धी आदेशमा बिहीबार वा शुक्रबार हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।

नयाँ परिचालन गरिने सेनाको टुकडीमा चिकित्सक र इन्जिनियरहरु पनि रहनेछन् । अमेरिका–मेक्सिको सीमाको सम्पूर्ण सुरक्षा प्रबन्ध गृह विभाग (डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी) ले गर्दछ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले डेमोक्राट पार्टीले बनाएका फितला कानुनका कारण सीमामा अवैध आप्रवासीलाई रोक्न कठिन भएको दोषारोपण गरिआउनुभएको छ । उहाँले ट्वीट गर्दै भने, “यो राष्ट्रिय आपतकालीन स्थितिलाई नियन्त्रणमा ल्याउन म सेना परिचालन गर्दैछु । उनीहरु (क्याराभान)लाई सीमामा अवश्य रोकिनेछ ।”

गत अप्रिलमा पनि ट्रम्पले दक्षिणी सीमामा सुरक्षा प्रबन्ध मजबूत बनाउन हजारौं सैनिक परिचालन गर्ने बताएका थिए । मेक्सिकोसँगको सीमामा पहिलो चरणमा करिब चार हजार सीमारक्षक पठाउने भनिए पनि त्यसको आधा अर्थात करिब दुई हजार सीमारक्षक परिचालन गरिएको थियो ।

यी सैनिकले खासगरी सीमाको गस्ती गरिरहेका अधिकारीहरुलाई थप मद्दत गर्नेछन् । पेन्टागनका प्रवक्ता क्याप्टेन बील स्पिक्सले गृह विभागको आवश्यकताका आधारमा काम गरिरहेको बताए ।

मध्य अमेरिकाका आप्रवासीहरु क्याराभान बनाएर अमेरिकी सीमानजिक आउनै लाग्दा अमेरिकाले थप सैनिक परिचालन गर्न लागेको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले यी क्याराभानको विषयलाई यही नोभेम्बरमा हुन लागेको मध्यावधि चुनावमा राजनीतिक लाभका निम्ति प्रयोग गरिरहेको आरोप लाग्दै आएको छ ।

संयुक्तराष्ट्र सङ्घका अनुसार गत अक्टोबर १३ मा होन्डुरसको सान पेड्रो सुलाबाट शुरु भएको यो क्याराभानमा करिब ७ हजार मानिस सहभागी छन् ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार १६:३० मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...