back
CTIZAN AD

१८ वर्षभन्दा कम उमेरका ६४ प्रतिशत बलात्कारको शिकार

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

606 

shares

९ कात्तिक, काठमाडौँ, । बालिकाहरु नै बलात्कारको उच्च जोखिममा छन् । सजिलै प्रलोभनमा पार्न सक्ने र आफ्नो उद्देश्य पूरा गर्नसक्ने भएकाले पनि उनीहरु बढी जोखिममा परेका हुन् । कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्या यसैको एउटा उदाहरण हो । देशलाई नै तरङ्गीत पार्ने यस्ता घटना दैनिकजसो घटिरहेका छन् ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका अनुसार जबर्जस्ती करणीका पीडित १८ वर्षभन्दा कम उमेरका ६४ प्रतिशत रहेका छन् । करणीमा १८ देखि २५ वर्षका १८ प्रतिशत र २६ देखि ३५ वर्षका १० प्रतिशत पीडित छन् ।

बलात्कारका घटनामा बढी बालिका पीडित भइरहँदा पीडक भने १६ देखि २५ वर्षका व्यक्तिको संलग्नता ४० प्रतिशत बढी छ । “तथ्याङ्कले १८ वर्ष कम उमेरका बढी जोखिममा रहेको पाइयो, त्यसैले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम पनि स्कुल केन्द्रित गर्न लागिएको हो”, महानिरीक्षक खनालले भने ।

आपराधिक घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले यही कात्तिक ११ गतेबाट उक्त कार्यक्रम देशैभरि लागू गर्ने तयारी गरेको छ । खनालले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेमकुमार राईलगायत विभिन्न मन्त्रालयका सचिव र उपत्यकाको स्थानीय तहका प्रमुखलाई समेत उक्त विवरण प्रस्तुत गर्दै समुदायसँग मिलेर आपराधिक क्रियाकलाप रोक्न प्रहरी लागिपरेको जानकारी गराएका थिए ।

आव २०७४÷७५ मा जबर्जस्ती करणीका एक हजार ४८० मुद्दा दर्ता भएका छन् । जसमा १० वर्षमुनिका २६१ र ११ देखि १६ वर्षका ५५० जना जबर्जस्ती करणीबाट पीडित भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । अरु १० प्रतिशत १७ देखि १८ वर्षका छन् । करणी उद्योगतर्फ ७२७ मुद्दा दर्ता भएका छन् ।

जबर्जस्ती करणीमा १६ वर्षभन्दा कम उमेरका सात प्रतिशतको संलग्नता रहेको पाइएको छ । सबैभन्दा बढी १६ देखि २५ वर्षका ४० प्रतिशत बलात्कारमा संलग्न छन् । हत्यामा १६ देखि २५ वर्षका ३० प्रतिशत र मानव बेचबिखनमा २३ प्रतिशतको सहभागिता छ ।

लागुऔषधमा १८ वर्षभन्दा कम उमेरका नौ प्रतिशत र १९ देखि २५ वर्षका ४७ प्रतिशत संलग्न रहेको प्रहरीले जनाएको छ । कतिपय अझै पनि गुपचुपमै रहने गरेकाले पनि जघन्य अपराध बाहिर नआएको अधिवक्ता फूलमायाँ रानाभाट बताउनुहुन्छ ।

आपराधिक घटनामा १६–२५ वर्षका बढी

विभिन्न आपराधिक घटनामा १६ देखि २५ वर्षका व्यक्तिको सहभागिता ३८ प्रतिशत रहेको पाइएको छ । प्रहरीले उनीहरुलाई केन्द्रित गरेर साझेदारी अभियान शुरु गर्न लागेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बताउनुहुन्छ ।

घटनामा २९ देखि ३५ वर्षका व्यक्तिको सहभागिता भने ३० प्रतिशत रहेको पाइएको छ । कुल अपराध पिडितमा १६ देखि २५ वर्षका २४ प्रतिशत, २६ देखि ३५ वर्षका २८ प्रतिशत र ३६ देखि ४५ वर्षका २२ प्रतिशत भेटिएका छन् ।

बलात्कार घटनामा १६–२५ वर्षका ४० प्रतिशतको संलग्नता छ । हत्याका घटनामा पीडितको अवस्था २६ देखि ३५ वर्षका २७ प्रतिशत रहेको प्रहरीले जनाएको छ । प्रहरीको दिएको तथ्याङ्कअनुसार गएको आवमा ३९ हजार ३१५ वटा विभिन्न आपराधिक घटना भएका छन् ।

 

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार १६:१८ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...