back
CTIZAN AD

नेटो प्रमुखद्वारा रूसी तथा चिनियाँ हतियारबारे चासो व्यक्त

वि.सं.२०७५ कात्तिक २८ बुधवार

669 

shares

२८ कात्तिक, बर्लिन, जर्मनी । एएफपी उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) प्रमुख जेन्स स्टलटेन्बर्गले चिनियाँ तथा रूसी मध्यम दूरीका क्षेप्यास्त्रप्रति चासो व्यक्त गर्दै मङ्गलबार बेइजिङलाई पनि अन्तर्राष्ट्रिय हतियार नियन्त्रण सम्झौतामा सहभागी हुन आग्रह गरेका छन् ।

“हामीले देखेका छौं कि चीनले नयाँ क्षेप्यास्त्रहरूसहित नयाँ र आधुनिक हतियारमा व्यापक लगानी गरेको छ,” स्टलटेनबर्गले जर्मनीको जीडीएफ सार्वजनिक टेलिभिजनमा बताए । उनीहरूका आधाभन्दा बढी क्षेप्यास्त्र निर्माणले सन् १९८७ मा गरिएको मध्यम दूरीको आणविक शक्ति सम्झौता (आईएमएफ)लाई उल्लङ्घन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना उक्त सम्झौताबाट बाहिरिने चेतावनी दिएका थिए ।

स्टलटेनबर्गले थपे, “हामीले उक्त सन्धिलाई विस्तार गर्न चाहन्छौँ जसले गर्दा सन्धिले चीनलाई पनि बाँध्न सकोस् ।”

शीत युद्धकालीन निशस्त्रीकरण सम्झौताको आधार मध्यम दूरीको आणविक शक्ति सम्झौतालाई रूसको क्षेप्यास्त्र प्रणाली विस्तारले उल्लङ्घन गरेको दाबी गर्दै ट्रम्पले गत महिना अमेरिका पनि उक्त सम्झौताबाट पछि हट्नसक्ने बताए ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पको उक्त भनाइपछि मध्यम दूरीको आणविक हतियार निर्माणमा नियन्त्रणका लागि गरिएको सन्धिबाट फर्कनु भनेको हतियार नयाँ दौडको शुरूवात हुने बताए । पुटिनले यदि यूरोपमा अमेरिकी क्षेप्यास्त्रको विस्तार गरियो भने उचित जवाफ दिने बताएका छन् ।

स्टलटेनबर्गले मङ्गलबार भने, “नेटोले नयाँ हतियारको दौड नचाहेको तर हामीलाई रूसी नयाँ हतियार विस्तारले चिन्तित तुल्याएको छ । उनीहरू एक ठाउँबाट अर्को ठाँउमा सार्न सकिने, आणविक क्षमता भएका र यूरोपका बर्लिनजस्ता ठूला शहरमा पुग्ने खालका छन् ।”

“आईएनएफ सन्धि अहिले खतरामा रहेको छ त्यसैले हामीले रूसलाई सन्धिप्रति प्रतिबद्ध रहन आग्रह गर्दछौं ।”

वि.सं.२०७५ कात्तिक २८ बुधवार ०९:२८ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...