back
CTIZAN AD

क्यालिफोर्नियामा सडक दुर्घटना तेह्रको मृत्यु

वि.सं.२०७३ कात्तिक ८ सोमवार

1.2K 

shares

८ कात्तिक,लस एन्जेलस (संयुक्त राज्य अमेरिका) । दक्षिणी क्यालिफोर्नियाको प्रमुख राजमार्गमा आइतबार एक पर्यटक बस र ट्रक एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

सो दुर्घटानमा परी अन्य ३१ जना घाइतेभएका अधिकारीले जानकारी दिएका छन् ।

‘दुर्घटना भएको अवस्थामा सवै यात्रु सुतिरहेका होलान’ भन्दै क्यालिर्फोनिया रानमार्गका प्रहरी प्रमुख जिम आबेलेले भावुक हँुदै बताउनुभएको छ ।

उहाँले सो दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई समवेदना प्रकट गर्नुभएको थियो । सो दुर्घटनमा परी मृत्यु भएका व्यक्तिमा प्रायः बसको आगाडि भागमा बसेर यात्रा गरिरहेका छन् ।

यद्यपि यस भिषण दुर्घटनाको कारण भने हालसम्म पत्ता नलागेको भएता पनि बस उच्चगतिमा रहेका सोही अवस्थामा ट्रक आएर ठोक्ँिकदा दुर्घटना भएको आबेलेले थप जानकारी दिनुभएको छ ।

यस दुर्घटनाको अनुसन्धान जारी रहेको र बस चालकको ज्यान गएको तर ट्रक चालक भने जीवितै रहेका बताइएको छ । यस दुर्घटनामा ज्यान गुमाएका व्यक्ति तत्काल परिचय खुलेका छैेन् ।

दुर्भाग्यवस दुर्घटना परेका अन्य कैयांै व्यक्तिको पनि परिचय नखुलेको आबेलेले बताउनुभएको छ । उनीहरुको साथै रहेका परिचयपत्रबाट पनि प्रष्ट रुपमा परिचयको पुष्टि हुन सकेको छैन् । राससएएफपी

वि.सं.२०७३ कात्तिक ८ सोमवार ०९:०७ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...