back

राष्ट्रपतीय पद्धति पुनरावलोकन गर्ने प्रस्तावना

वि.सं.२०७३ कात्तिक ८ सोमवार

57 

shares

८ कार्तिक,सोल । दक्षिण कोरियाली राष्ट्रपतिको ५ बर्षे पदावधिमा परिवर्तन गर्ने सम्बन्धमा वर्तमान संविधानमा संशोधन गर्न राष्ट्रपति पार्क गेयुन हाईले पहिलो प्रस्ताव गर्नु भएको छ । राष्ट्रपतिले यस्तो प्रस्तावले तत्कालै बिपक्षीहरुको तीव्र आलोचना खेप्नु परेकोे छ ।
लामो समयसम्म भ्रष्टाचारका काण्डै काण्डमा चर्लुम्म डुबेका आफ्ना विश्वासपात्रलाई बचाउने कुनियतले जनताको ध्यान अन्तै मोड्नका लागि राष्ट्रपतिले यो नयाँ चालबाजी रच्न लागेको भन्ने बिपक्षीहरुको भनाइ रहेको जनाइएको छ ।
सेनाद्वारा समर्थित एकतन्त्रीय तानाशाही व्यबस्थाको अन्त गरी दक्षिण कोरियामा सन् १९८७ मा राष्ट्रपतीय पद्धति लागु गरिएको थियो । हालसम्म बिद्यमान यस पद्धतिमा राष्ट्रपति पदमा एकपटक निर्वाचित भै सकेका व्यक्ति दोस्रोपटक उठ्न नपाइने प्रावधान छ । वर्तमान राष्ट्रपति पार्कको ५ वर्षे पदावधि सन् २०१८को शुरुतिरै सकिँदैछ ।
प्रतिपादित राष्ट्रिय नीति र सिद्धान्त लागु गर्न एवं त्यसलाई निरन्तरता दिन एवं प्रतिद्वन्दी उत्तर कोरियासँग भीड्न नयाँ रणनीति निर्माण समेतका लागि राष्ट्रपतिको छोटो पदावधि वाधक बनेका कारण त्यसमा परिमार्जन गर्नु आवश्यक रहेको भनी राष्ट्रपतिले सोमबार गर्नु भएको एक सम्बोधनमा बताउनु भएको हो ।
राष्ट्रपति पार्कले आफू अर्को पटक पनि राष्ट्रपति पदमा टिकिरहन संविधानमा परिमार्जन र वर्तमान ऐन, कानूनमा संसोधन गर्न खोजेको भन्ने अर्थ लगाउन नहुने बिचार व्यक्त गर्नु भएको छ । तर, रानीतिक चिन्तक तथा विश्लेषकहरु राष्ट्रपतिको यो कुरा मान्न तयार छैनन् । रासस ÷एपी

वि.सं.२०७३ कात्तिक ८ सोमवार १०:१६ मा प्रकाशित

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

ढाका । बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि...

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

नोम पेन्ह । विश्व बैंकले कम्बोडियाका चार प्रान्तमा पानी आपूर्ति...

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

जेरुसेलम । इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ...