back
CTIZAN AD

राष्ट्रपतीय पद्धति पुनरावलोकन गर्ने प्रस्तावना

वि.सं.२०७३ कात्तिक ८ सोमवार

1K 

shares

८ कार्तिक,सोल । दक्षिण कोरियाली राष्ट्रपतिको ५ बर्षे पदावधिमा परिवर्तन गर्ने सम्बन्धमा वर्तमान संविधानमा संशोधन गर्न राष्ट्रपति पार्क गेयुन हाईले पहिलो प्रस्ताव गर्नु भएको छ । राष्ट्रपतिले यस्तो प्रस्तावले तत्कालै बिपक्षीहरुको तीव्र आलोचना खेप्नु परेकोे छ ।
लामो समयसम्म भ्रष्टाचारका काण्डै काण्डमा चर्लुम्म डुबेका आफ्ना विश्वासपात्रलाई बचाउने कुनियतले जनताको ध्यान अन्तै मोड्नका लागि राष्ट्रपतिले यो नयाँ चालबाजी रच्न लागेको भन्ने बिपक्षीहरुको भनाइ रहेको जनाइएको छ ।
सेनाद्वारा समर्थित एकतन्त्रीय तानाशाही व्यबस्थाको अन्त गरी दक्षिण कोरियामा सन् १९८७ मा राष्ट्रपतीय पद्धति लागु गरिएको थियो । हालसम्म बिद्यमान यस पद्धतिमा राष्ट्रपति पदमा एकपटक निर्वाचित भै सकेका व्यक्ति दोस्रोपटक उठ्न नपाइने प्रावधान छ । वर्तमान राष्ट्रपति पार्कको ५ वर्षे पदावधि सन् २०१८को शुरुतिरै सकिँदैछ ।
प्रतिपादित राष्ट्रिय नीति र सिद्धान्त लागु गर्न एवं त्यसलाई निरन्तरता दिन एवं प्रतिद्वन्दी उत्तर कोरियासँग भीड्न नयाँ रणनीति निर्माण समेतका लागि राष्ट्रपतिको छोटो पदावधि वाधक बनेका कारण त्यसमा परिमार्जन गर्नु आवश्यक रहेको भनी राष्ट्रपतिले सोमबार गर्नु भएको एक सम्बोधनमा बताउनु भएको हो ।
राष्ट्रपति पार्कले आफू अर्को पटक पनि राष्ट्रपति पदमा टिकिरहन संविधानमा परिमार्जन र वर्तमान ऐन, कानूनमा संसोधन गर्न खोजेको भन्ने अर्थ लगाउन नहुने बिचार व्यक्त गर्नु भएको छ । तर, रानीतिक चिन्तक तथा विश्लेषकहरु राष्ट्रपतिको यो कुरा मान्न तयार छैनन् । रासस ÷एपी

वि.सं.२०७३ कात्तिक ८ सोमवार १०:१६ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...