back
CTIZAN AD

अष्ट ज का परिकल्पनाकार डा. पौडेललाई स्वागत तथा सम्मान

वि.सं.२०७५ पुस २ सोमवार

858 

shares


२ पुस, काठमाडौं । अष्ट ज का परिकल्पनाकार, डा दुर्गादत्त पौडेललाई स्वागत तथा सम्मान गरिएको छ ।
अष्ट ज अभियानका आइसीसी संयोजक, अष्ट ज युएसएका अध्यक्ष तथा अष्ट ज अनुसन्धान तथा विकास केन्द्र नेपाल (आरडिसी) का पूर्वअध्यक्ष समेत रहेका डा. दुर्गादत्त पौडेललाई कलंकीस्थित आरडीसीको कार्यालयमा आइतबार एक कार्यक्रमको आयोजना गरेर सम्मान तथा स्वागत गरिएको हो ।

आरडीसीका अध्यक्ष पुष्प मोक्तानले डा. पौडेललाई स्वागत गर्दै भर्खर मात्र अमेरिकाको हवाइ राज्यमा दर्ता भएको अष्ट ज युएसएको कार्यसफलताको कामना गर्दै देशको आर्थिक समृद्धिमा सहयोग पु¥याउन अष्ट ज युएसएले ठूलो भूमिका खेल्ने आसा गरेको बताएका थिए ।

स्तै डा. पौडेलले अष्ट ज युएसएले नेपालका लागि तीनवटा प्रोजेक्ट प्रस्ताव गरिएको बताए । उनका अनुसार काठमाडौं भ्याली इन्भारमेन्ट प्रोजेक्ट, तनहुँको तनहुँ नगरपालिकामा तीनसय घरधुरीका लागि अग्र्यानिक तरकारी प्रोजेक्ट तथा तनहुँको चुदेरमा खानेपानीको प्रोजेक्ट प्रूताव गरिएको छ । डा. पौडेलका अनुसार सन् २०२० मा नेपालमा अष्ट जका विज्ञहरुको सम्मेलन गर्ने तयारीमा अष्ट ज युएसए रहेको छ ।
त्यस्तै डा. पौडेलले उत्पादकदेखि उपभोक्तासम्म आधारीत अष्ट ज कृषि सहकारीमा जोडिर्दै सहकारी अभियान सफल बनाउन लाग्नका लागि सबैंलाई आग्रह गरेका थिए ।

आरडिसीका महासचिव डा. विष्णु चापागाईँको सञ्चालन रहेको उक्त कार्यक्रममा अष्ट ज अभियानका सल्लाहकार रामलाल श्रेष्ठ अभियन्ताहरु डा. उद्धव खड्का, माधव अधिकारी, हरि भुसाल, चन्द्रिका राना (चन्दा) लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७५ पुस २ सोमवार ११:१३ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...