back
CTIZAN AD

बीमा पहुँच १४ प्रतिशत पुगेको अध्यक्ष चापागाईँको दावी

वि.सं.२०७५ पुस ६ शुक्रवार

1K 

shares

६ पुस, काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँले बीमा पहुँच १४ प्रतिशत पुगेको बताएका छन् ।

शुक्रबार मिडिया इन्टरनेसनको आयोजना, बीमा समितिको प्रवद्र्धन तथा रिलायन्स लाइफ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स सँगको सहकार्यमा सुरु भएको बीमा जागरण सम्बन्धि कार्यक्रम ‘मेरो खुसि मेरो बीमा’ को समुद्घाटन गर्दै अध्यक्ष चापागाईँले दुई बर्ष अगाडी ७ प्रतिशत रहेको बीमा पहुँच २ बर्षको अवधिमा बढेर दोब्बर अर्थात् १४ प्रतिशत पुगेको बतएका हुन् । उनले बीमा समिति र आफ्नो टीमको कारणले मात्र नभई बीमा समितिमा कार्यरत कर्मचारीका साथै बीमा कम्पनी एवम् मिडिया समेतको उल्लेख्य भुमीकाको कारण यो उपलब्धी हासिल गर्न सकिएको बताए ।

बीमा समितिले एक बर्ष अगाडीदेखि नै निर्जिवन बीमा कम्पनीहरुले आफ्नो कुल प्रिमियमको १.५ प्रतिशतसम्म रकम ४ वटा विभिन्न बीमा विस्तारको क्षेत्रमा खर्च गर्न पाउने किसिमले सर्कुलर जारी गरिसककेको छ । त्यो रकम बीमा कम्पनीले खर्च गरिरहेको भए पनि बीमा कम्पनीले बीमा जागरणमा कम खर्च गरेको भेटीपछि बीमा समितिले उक्त रकमको २५ प्रतिशत रकम बीमा जागरणमा अनिवार्य खर्च गर्न निर्देशन दिएको छ । उक्त रकम खर्च भए नभएको निरीक्षण गरिने बीमा समितिका अध्यक्ष चापागाईँले बताए ।

बीमा जागरणको लागि जीवन बीमातर्फ भन्ने छुट्टै ब्यवस्था रहेको अध्यक्ष चापागाईँले जानकारी दिए । बीमा पहुँच बृद्धिको उपलब्धिमा गत बर्षदेखि जीवन बीमातर्फ नयाँ लाइसेन्सिङ पुँजी बृद्धि योजना मेचिदेखि महाकालीसम्मका स्थानीय तहहरुसँग पनि अन्त्तरक्रिया गर्दा त्यसले पनि भुमिका खेलेको उनले बताए । सरकारको समृद्ध नेपाल सुखि नेपाली भन्ने नारालाई सहयोग गर्ने गरी समितिले एक दुई दिन भित्रमा नै निर्जिवन बीमातर्फ नयाँ सम्पति बीमाको बीमा लेख ल्याउने तयारी गरेको उनले जानकारी दिए । गार्हस्थ्य बीमालेख र ब्यवसायिक बीमा लेख गरी दुई भागमा बाँडिएको उक्त पोलीसि माघ १ गतेदेखि लागू हुने उनले बताए ।

विकसित देशमा बैकिङभन्दा बीमाको पहुँच बढि रहेको र नेपालमा त्यस्तो हुन नसकेको उल्लेख गर्दै अध्यक्ष चापागाईँले अब बीमा पहुँच विस्तारलाई एक डेढ बर्ष भित्रमा नै १८।१९ प्रतिशत पुर्याउने लक्ष्यसहित अघि बढ्ने बताए । नेपालमा बीमा पहुँचको बृद्धिदर जीवनतर्पm ३१ प्रतिशत र निर्जिवन तर्पm २० प्रतिशत रहेको उनले बताए । बीमा समितिको अबको काम बीमा क्षेत्रलाई ब्यवस्थित र मर्यादित बनाउने रहेको उनले बताए ।

कार्यक्रममा सहकार्य गरेको संस्था रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले ९ वटा बीमा कम्पनी बजारमा आएपछि बीमा पहुँचमा उल्लेख्य बृद्धि भएको बताए । बीमा पहुँच बृद्धिमा वित्तीय साक्षरता कार्यक्रम गरिरहेका विभिन्न संघ संस्था तथा बीमा कम्पनीहरुले गरेको जागरण कार्यक्रमहरुको महत्वपुर्ण भुमीका रहेको उनले बताए । मेरो खुसि मेरो बीमा कार्यक्रमसँग जोडिन पाउँदा खुसि लागेको पनि उनले बताए ।

उक्त कार्यक्रममा सहकार्य गरेको अर्को संस्था प्रिमियर इन्स्योरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारीले नेपालमा बीमाको पहुँच अत्यन्तै कमजोर रहेको बीमा पहुँच विस्तारको लागिीयस्ता कार्यक्रमहरु हुनुपर्ने र यसको लागि प्रिमियर इन्स्योरेन्स सहकार्य गर्न तयार रहने बताए ।

मिडिया इन्टरनेसनलका अध्यक्ष तथा बैंकिङ बीमा एक्स्पो कार्यक्रमका कार्यक्रम संयोजक माधव निर्दोषको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै निर्दोषले बीमा पहुँच विस्तारको लागि यस्ता कार्यक्रमलाई अझ ब्यापक बनाउँदै लैजाने बताए ।

कार्यक्रममा बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजु रमण पोडेल र बीमा विज्ञ भोजराज शर्माको पनि उपस्थिती रहेको थियो ।

वि.सं.२०७५ पुस ६ शुक्रवार १३:३९ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...