back
CTIZAN AD

मनोज चन्द यूएईमा सम्मानित

वि.सं.२०७५ पुस २२ आइतवार

630 

shares

मानबहादुर केसी ‘मुस्कान’ यूएई

२ जनवरी २०१९, यूएई । बिश्व कृतिमानी यात्राको दौरानमा रहेका दुईहातले एकै साथ उल्टो सुल्टो लेख्न सक्ने, खुट्टा, कुहिना र मुखले समेत गरी एकैसाथ ६ ओटा कलमले लेख्न सक्ने अदभुत एबं बहुमुखी प्रतिभाका धनी मनोज चन्दलाई सुदूर पश्चिम सेवा समाज यूएईले सम्मान गरेको छ ।

०१ जनवरी २०१९ मंगलबारका दिन युएईको बरदुबई स्थित सन एन्ड मुन ट्राभल्स एन्ड टुर्स एलएलसिमा एउटा कार्यक्रमको आयोजना गरि सुदूर पश्चिम सेवा समाज यूएईले बैतडी जिल्लाको सिगास गाउपालिका जन्मी हाल नेपाल र नेपालीलाई सकारात्मक संदेशका साथ बिश्व कृतिमानी यात्राको दौरानमा रहेका चन्दलाई सम्मानपत्र सहित खादा ओडाएर सम्मान गरेको हो ।

सुदूरपश्चिमेली नेपाली समाज (FNS) का बरिष्ठ उपाध्यक्ष लोकेन्द्र बहादुर बमको प्रमुख आतित्यथामा सम्पन्न सो कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाजका मध्यपूर्व संयोजक धर्मराज पाण्डेय बिशेष अतिथि रहेका थिए भने अन्य अतिथिहरुमा सुदूर पश्चिम सेवा समाज यूएई बरदुबई क्षेत्रिय समितीका अध्यक्ष कृष्णनन्द जोशी र सुदूर पश्चिम सेवा समाज यूएई आजमान(शारजाह क्षेत्रिय समितीका सल्लाहाकार राजु बिष्ट तथा समाजसेवी बुद्धिजीवीहरुको उल्लेख्य उपस्थित रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लोकेन्द्रबहादुर बमले आफ्नो शुभकामना मन्तब्य राख्दै नेपालीलाई विश्व सामु चिनाउन गिनीज बुक ऑफ दि विश्व रिकॉर्डमा नाम लेखाउने मनोज चन्दको प्रयास सफल रहोस् भन्ने कामना ब्यक्त गरेका थिए । बिशेष अतिथि धर्मराज पाण्डेयले चन्दले छिट्टै कृतिमानी कायम गरेको खबर सुन्नु पाईयोस् भन्ने जिज्ञासा राख्दै शुभकामना दिएका थिए ।
त्यस्तै अन्य अतिथिहरुले पनि आ आफ्नो शुभकामना मन्तब्य राख्दै बिश्व कृतिमानी यात्राको दौरानमा रहेका चन्दलाई शुभकामना दिएका थिए ।

सोहि कार्यक्रममा सुदूर पश्चिम सेवा समाज यूएईले बिश्व यात्राका दौरानमा केहि सहयोग होस् भनि चन्दलाई नेपाली रु १९,८७५ (उन्निस हजार आठ सय पचहत्तर रुपैया) आर्थिक सहयोग पनि गरिएको थियो ।

वि.सं.२०७५ पुस २२ आइतवार १२:४१ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...