back
CTIZAN AD

आखिर किन बनाइएन सुनिललाई एमडी ?

वि.सं.२०७५ पुस २५ बुधवार

684 

shares

२५ पुस, काठमाडौं । नेपालको सबैभन्दा ठूलो सरकारी संस्थान मानिने नेपाल टेलिकममा सुनिल पोखरेललाई एमडि नबनाइनुको कारण २५ पुसको जनआस्थाले सार्वजनिक गरेको छ ।
राष्ट्रिय साप्ताहिक जनआस्थाको कागज च्यातेपछि हायल–कायल शिर्षक अन्तर्गत ‘कागज च्यातेपछि…’ शिर्षकमा लेखिएो छ, ‘कतिपय व्यक्तिले पैसाकै बलमा ठूलो पद पाएका छन् भने कतिपय व्यक्तिले पैसाको पछि दर्गुदा महत्वपूर्ण अवसर गुमाएका छन् ।’ जनआस्थाका अनुसार पैसाको पछि दगुर्दा त्यसरी अवसर गुमाउन बाध्य व्यक्ति सुनिल पोखरेल छन् ।

पंचायतकालदेखि तत्कालिन मालेको कार्यकर्ता, बौद्दिक छवि र गतिशिल स्वभावका व्यक्ति एवं नेपाल टेलिकमको भविष्य बनाउन सक्ने आशावादी व्यक्ति मानिएका सुनिल पोखरेललाई टेलिकमकै मोवाइल टावर बनाउने प्राइभेट कम्पनकिो मुख्य रणनीतिकार र साझेदार भएको तथा त्यसको कार्यसम्पादन निकै सुस्त रहेको कुरो नेकपाका नेता र मंत्रालयमा पु¥याइएपछि उनलाई प्रवन्ध निर्देशक दिनै नहुने कुरो उचालिएको थियो । सूचना तथा संचारमन्त्री गोकुल वास्कोटाको रोजाइमा परेका प्रवन्ध निर्देशक डिल्ली अधिकारी लामो समय सुनिल अन्तर्गत नै काम गर्दै आएका प्रतिभाशाली कर्मचारी हुन् । पत्रिकामा उल्लेखित विषयका बारेमा संसारन्युजले राखेको जिज्ञासामा सुनिलले भने ‘जे–जे लेख्न लगाए पनि हुन्छ मन्त्री जी पावरफुल हुनुहुन्छ, टेलिकमको ४ हजार कर्मचारीलाई सोध्नुस् न ।’

तर सुनिलका समर्थकहरुका अनुसार सुनिलका विरुद्धको प्रयोजित प्रचार अक्षमता र स्वेच्छाचारीता ढाक्ने प्रयास मात्र हो । सुनिलले २९ वर्षसम्मको जागिरे जीवनमा कुनै भेण्डरसँग सम्पर्क नगरेको र पैसाको मोलाहिजामा नफसेको व्यक्तिका रुपमा लिइने गरिन्छ ।

वि.सं.२०७५ पुस २५ बुधवार १०:३८ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...