back

आइसिसीको नयाँ बरियताः पारस र सोमपाल एक स्थानमाथि

वि.सं.२०७५ पुस २९ आइतवार

450 

shares
GLOBAL IME AD
NTC AD

 

२९ पुस, काठमाडौँ ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद्  (आइसिसी) ले सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका कप्तान पारस खड्का सोमपाल कामीको बरियतामा सुधार आएको छ भने बलर वसन्त रेग्मी यथावत स्थानमा रहेको छ ।

आइसिसीले  शनिबार सार्वजनिक गरेको नयाँ बरियताको ब्याटिङतर्फ शीर्ष सयभित्र परेका कप्तान पारसको बरियता एक स्थान सुधार गर्दै ९६ औँ स्थानमा रहेका छन् । अघिल्लो महीना पारस ९७ औँ स्थानमा रहेका थिए ।

यसैगरी बलिङतर्फ नेपालका वसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र पर्न सफल भएका छन् । वसन्त ३९७ अङ्क प्राप्त गर्दै ७४औँ र ३३८ अङ्क जोडेका सोमपाल ९३ औँ स्थानमा पुगेका छन् ।

अघिल्लो महीना वसन्त ७४औँ स्थानमै थिए भने सोमपाल ९४औँ स्थानमा थिए । सोमपालले पनि एक स्थान सुधार गर्न सफल भएका छन् । यस्तै कप्तान पारस अलराउन्डरतर्फ यथावत रहेका छन् । शीर्ष ५० भित्र अटाएका पारसले ६८ अङ्कसहित ४२औँ स्थानमा रहेका छन् । अलराउन्डरतर्फ नेपालकै सोमपाल कामी पनि शीर्ष १०० भित्र परेका छन् । सोमपाल ४२ अङ्कसहित ६४ औँ स्थानमा रहेका छन् ।

आइसिसीको टी–२० ब्याटिङ बरियताको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम, दोस्रो स्थानमा न्युजिल्याण्डका कोलिन मुन्द्रो, अष्ट्रेलियाका आरोन फिन्च तेस्रो, वेष्ट इण्डिजका इभान लेविस चौथो र पाकिस्तानका फकर जमान पाँचौ स्थानमा छन् ।

बलिङतर्फ अफगानिस्तानका राशिद खान पहिलो स्थानमा रहँदा पाकिस्तानका शदाब खान दोस्रो, भारतका कुलदीप यादव तेस्रो, न्युजिल्यान्डका इश सोधी चौथो र इंग्ल्यान्डका आदील राशिद पाँचौ स्थानमा छन् ।

अलराउन्डरतर्फ अष्ट्रेलिया ग्लेन म्याक्सवेल शीर्ष स्थानमा रहँदा बंगलादेशका शाकिब अल हसन दोस्रो, अफगानिस्तानका मोहमद नाबी तेस्रो, बंगलादेशका मोहमद महुदुल्लाह चौथो र श्रीलंकाका थिसरा परेरा पाँचौ स्थानमा छन् ।

अघिल्लो वर्ष नेपालले एक दिवसीय मान्यता पाएसँगै गत साउनमा पहिलो अन्नर्राष्ट्रिय एक दिवसीय खेल खेलेपछि नेपाली खेलाडी बरियतामा समावेश भएका हुन् ।

 

वि.सं.२०७५ पुस २९ आइतवार ०८:१७ मा प्रकाशित

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार...

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार...

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको...

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग...

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

काठमाडौँ । बालाजुमा एक महिलाले आफैँलाई आगो लगाएकी छन् ।...

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

काठमाडाैँ ।  निजी विद्यालयको छाता संगठन प्याब्सनले सामुदायिक विद्यालयका शिक्षकले...