
३ माघ, दमास्कस । सिरियाको उत्तरी शहर मन्बीजमा भएको विस्फोटनमा परी कम्तीमा तीस जनाको हताहती भएको छ ।
अमेरिका नेतृत्वको गठबन्धन सेनालाई लक्षित गरी भएको तीसमध्ये केहीको मृत्यु र केही घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
बुधबार घटना भएको सो ठाउँ कुर्दिसहरुको नियन्त्रणमा रहेको ठाउँ मानिन्छ । सो ठाउँ एलेप्पो प्रदेशमा पर्दछ । घटानाका बारेमा पूर्ण विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
वि.सं.२०७५ माघ ३ बिहीवार १२:०८ मा प्रकाशित