back

साताको शेयर बजार : एक अर्ब ८५ करोडको कारोवार

वि.सं.२०७५ माघ ५ शनिवार

459 

shares
GLOBAL IME AD
NTC AD

५ माघ, काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न १६९ कम्पनीका ५३ लाख ८४ हजार ६३४ कित्ता शेयर रु एक अर्ब ८५ करोड ६७ लाख ९७ हजार ६४६ मूल्यमा खरीद बिक्री भएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कारोवार मापक नेप्से परिसूचक १२ दशमलव ७२ बिन्दुले बढेर एक हजार १८७ दशमलव ७७ बिन्दुमा पुगेको छ । साताको पहिलो दिन एक हजार १७५ दशमलव शून्य पाँच बिन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिनसम्म बढेर एक हजार एक हजार १८७ दशमलव ७७ बिन्दुमा पुगेको हो ।

साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ बिन्दुले घटेर एक हजार १७५ दशमलव शून्य पाँच बिन्दुमा कायम रह्यो । उक्त दिन कूल १५८ कम्पनीको ११ लाख ६३ हजार ७८१ कित्ता शेयर रु ३७ करोड २९ लाख १५ हजार ७०६ मूल्यमा खरीद बिक्री भए ।

यस्तै गत सोमबार कारोवार मापक नेप्से परिसूचक ११ दशमलव ७४ बिन्दुले बढेर एक हजार १८६ दशमलव ८० बिन्दुमा पुग्यो । उक्त दिन कुल १५८ कम्पनीको आठ लाख पाँच हजार ६०१ कित्ता शेयर रु २६ करोड ८१ लाख २४ हजार ६४४ मूल्यमा खरीद बिक्री भएका छन् ।

यस्तै साताको तेस्रो दिन शेयरको मूल्यमा दोहोरो अङ्कको वृद्धि भयो । कारोवार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ बिन्दुले बढेर एक हजार १९५ दशमलव ५४ बिन्दुमा पुग्दा कुल १५८ कम्पनीको आठ लाख ३५ हजार २३९ कित्ता शेयर रु ३९ करोड ७३ लाख ५५ हजार ५४० मा खरीद बिक्री भए ।

यस्तै बुधबार नेप्से परिसूचक सात दशमलव ५७ बिन्दुले घटेर एक हजार १८७ दशमलव ९७ बिन्दुमा झ¥यो । कुल १६९ कम्पनीको १७ लाख ४४ हजार १८७ कित्ता शेयर रु ५३ करोड छ लाख ५१ हजार ४३५ मूल्यमा खरीद बिक्री भए ।

यस्तै साताको अन्तिम दिन कारोवार मापक नेप्से परिसूचक शुन्य दशमलव दुई बिन्दुले घटेर एक हजार १८७ दशमलव ७७ बिन्दुमा सीमित भयो । कुल १६४ कम्पनीको आठ लाख ३५ हजार ८२६ कित्ता शेयर रु २८ करोड ७७ लाख ५० हजार ३२१ मूल्यमा खरीद बिक्री भए ।

वि.सं.२०७५ माघ ५ शनिवार १५:५० मा प्रकाशित

सगरमाथा क्षेत्रमा एकैदिन सात सय पर्यटकको आगमन

सगरमाथा क्षेत्रमा एकैदिन सात सय पर्यटकको आगमन

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ...

आजको तरकारी र फलफूलको मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित परिवारलाई मुआब्जा वितरण

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित परिवारलाई मुआब्जा वितरण

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित...

नेप्से परिसूचक घटेर २६९८ अंकमा झर्यो

नेप्से परिसूचक घटेर २६९८ अंकमा झर्यो

काठमाडौं । आज साताको दोस्रो दिन अर्थत सोमबार सेयर बजारको...

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कुपोषणको समस्या...

कर नबुझाउने एक सय २२ करदातामाथि कारबाही

कर नबुझाउने एक सय २२ करदातामाथि कारबाही

बागमती । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर...