back
CTIZAN AD

अध्ययनका लागि मात्रै प्रत्येकवर्ष चार हजार विद्यार्थी युरोप जान्छन्

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

936 

shares

europe११ कात्तिक, काठमाडौँ  । युरोपेली सङ्घमा आबद्ध २६ मुलुकमा प्रत्येक वर्ष करिब चार हजार नेपाली विद्यार्थी पुग्ने गरेको पाइएको छ ।

विभिन्न विश्वविद्यालय तथा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी जाने गरेको राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइयो ।

सो अवसरमा शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले मुलुकमा प्राविधिक तथा सैद्धान्तिक रुपमा गुणस्तरीय शिक्षाको विकास गरी दुवै पक्षका विद्यार्थीलाई एकअर्कामा भ्रमण गराई दौंत्य तथा सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन सकिने विचार व्यक्त गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार सुधा त्रिपाठीले युरोपस्थित विश्वविद्यालयका विद्यार्थी तथा नेपाली विद्यार्थीबीच सांस्कृतिक आदान–प्रदानका माध्यमबाट सम्बन्ध सुदृढीकरण गर्नुपर्ने बताउनुभयो ।

नेपालका लागि सङ्घका राजदूत रिन्चे टिरिङले विश्वका उत्कृष्ट सय विश्वविद्यालयमा सो सङ्घमा ४२ उत्कृष्ट विश्वविद्यालय रहेको जानकारी दिँदै त्यहाँ गएका नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय बजारमा राम्रो अवसर प्राप्त गरेकाले छात्रवृत्ति बढाउन सकिने बताउनुभयो ।

त्यस्तै नेपालका लागि फ्रान्सका राजदूत येम्स कार्मोनाले नेपाल तथा सङ्घका संस्कृति तथा रीतिरिवाजका साथै भौगोलिक परिवेशलाई बुझ्न दुबै पक्षबाट सांस्कृतिक आदान–प्रदानका कार्यक्रम अगाडि बढाउन माग गर्नुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घले समन्वय गरेको उक्त कार्यक्रममा सङ्घअन्तर्गत ११ विश्वविद्यालय तथा नेपाली विश्वविद्यालयका नौ गरी २० विश्वविद्यालयका प्रतिनिधि सहभागी छन् ।

सो महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले नेपालमा राम्रो हावापानी भएका कारण पनि सङ्घले भारत तथा चीनका विद्यार्थीलाई आकर्षित गर्न नेपालमा सम्बन्धन दिएर विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । रासस

 

वि.सं.२०७३ कात्तिक ११ बिहीवार ०४:०९ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका...

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३...

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको...

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको...