Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

अध्ययनका लागि मात्रै प्रत्येकवर्ष चार हजार विद्यार्थी युरोप जान्छन्



europe११ कात्तिक, काठमाडौँ  । युरोपेली सङ्घमा आबद्ध २६ मुलुकमा प्रत्येक वर्ष करिब चार हजार नेपाली विद्यार्थी पुग्ने गरेको पाइएको छ ।

विभिन्न विश्वविद्यालय तथा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी जाने गरेको राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइयो ।

सो अवसरमा शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले मुलुकमा प्राविधिक तथा सैद्धान्तिक रुपमा गुणस्तरीय शिक्षाको विकास गरी दुवै पक्षका विद्यार्थीलाई एकअर्कामा भ्रमण गराई दौंत्य तथा सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन सकिने विचार व्यक्त गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार सुधा त्रिपाठीले युरोपस्थित विश्वविद्यालयका विद्यार्थी तथा नेपाली विद्यार्थीबीच सांस्कृतिक आदान–प्रदानका माध्यमबाट सम्बन्ध सुदृढीकरण गर्नुपर्ने बताउनुभयो ।

नेपालका लागि सङ्घका राजदूत रिन्चे टिरिङले विश्वका उत्कृष्ट सय विश्वविद्यालयमा सो सङ्घमा ४२ उत्कृष्ट विश्वविद्यालय रहेको जानकारी दिँदै त्यहाँ गएका नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय बजारमा राम्रो अवसर प्राप्त गरेकाले छात्रवृत्ति बढाउन सकिने बताउनुभयो ।

त्यस्तै नेपालका लागि फ्रान्सका राजदूत येम्स कार्मोनाले नेपाल तथा सङ्घका संस्कृति तथा रीतिरिवाजका साथै भौगोलिक परिवेशलाई बुझ्न दुबै पक्षबाट सांस्कृतिक आदान–प्रदानका कार्यक्रम अगाडि बढाउन माग गर्नुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घले समन्वय गरेको उक्त कार्यक्रममा सङ्घअन्तर्गत ११ विश्वविद्यालय तथा नेपाली विश्वविद्यालयका नौ गरी २० विश्वविद्यालयका प्रतिनिधि सहभागी छन् ।

सो महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले नेपालमा राम्रो हावापानी भएका कारण पनि सङ्घले भारत तथा चीनका विद्यार्थीलाई आकर्षित गर्न नेपालमा सम्बन्धन दिएर विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । रासस

 


-->

काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको

म्यामराज राई, भोजपुर, हाल -जापान ‘जिम्दार साब ! म तपाईहरूकै बालीघरेकी छोरी हूँ ।

ध्रुबप्रसाद गजुरेल,तारकेश्वर, काठमाडौं हराएछ मान्छे समरमा कतै भुलेको छ बाटो सफरमा कतै छ पैदल

ओम आचार्य, अर्घाखाँची आगोको विउ रोपेर सुडौला जिउ बनाउन आरन थापेकाहरू सपनाको धाउ पिट्दा

बद्री उप्रेती, काठमाडौं १. थोरै नपठाउनु यादहरु फालाफाल पठाइदिनू आँसु पठाउँदा पुछ्नलाई रुमाल पठाईदिनू