Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकाको मध्यपश्चिमी भागमा अत्यधिक चिसो, जनजीवन प्रभावित



१७ माघ, सिकागो ।  अत्यधिक चिसो हावाका कारण संयुक्तराज्य अमेरिकाको मध्यपश्चिमी क्षेत्रमा जनजीवन अस्तव्यस्त भएको छ । यहाँको तापक्रम अन्टार्कटिका ध्रुवीय क्षेत्रको भन्दा न्यून छ । हवाई सेवा अबरुद्ध छ भने विद्यालय र व्यवसाय बन्द भएका छन् ।

हुलाक सेवा स्थगित भएको छ भने झण्डै एक दर्जन राज्यका नागरिकलाई घरभित्रै बस्न सरकारले अनुरोध गरेको छ । धेरै वर्षपछि यति बढी चिसो अनुभव गरिएको हो ।

अमेरिकी सञ्चारमाध्यमले अत्यधिक चिसोका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएका छन् । आर्कटिक ध्रुवीय क्षेत्रबाट बहेको हिउँ आँधीका कारण अत्यधिक चिसो अनुभव भएको बताइएको छ ।

चिसोकै कारण अभूतपूर्व दृश्य जताततै देखिएका छन् । जस्तै मिसिगन तलाउको पानी जमेको छ भने अहोरात्र खस्ने नियागारा फल्सको पानी जमेर रोकिएको छ ।

अमेरिकाको तेस्रो ठूलो सहर सिकागोको मौसम आजसम्मकै सबैभन्दा चिसो छ । सिकागोमा गएराति नयाँ रेकर्ड कायम भएको छ र यो अझ तल झर्ने अनुमान गरिएको छ ।

“यो चिसो ऐतिहासिक छ,” सिकागोका मेयर राहम इमानुएलले बताएका छन् । “यो चिसोले ज्यानै लिन सक्दछ, र त्यहीअनुसार सम्पूर्ण बन्तोबस्त गरिनु आवश्यक छ ।”

विल्डी सिटीको बिहानको तापक्रम माइनस २२ डिग्री सेल्सियस पुगेको छ । अति चिसो हावाका कारण यहाँ माइनस ५० डिग्री सेल्सियस तापक्रम पुगेसरह लाग्दछ ।

यहाँको तापक्रम अलास्काको राजधानीको भन्दाबढी छ र अन्टार्कटिका भन्दा यहाँ बढी चिसो छ ।

“यहाँ हिउँको डल्लाकै छेउमा बसेजस्तो अनुभव हुँदैछ,” लियोन गिल्बर्टले बताएका छन् । “मेरो छाला नै गाँठो परेजस्तो भएको छ ।”

स्यान्डविच पसलका व्यवस्थापक डानियल गोन्जालेजले पनि अरु जस्तै समयमै पसल खोल्न सकेन्न् । “अरु दिनभन्दा ढिलो अर्थात् विहान ०५ बजे पसल खोल्न पुगें । मैले दुईवटा बाक्ला लुगा लगाएको थिएँ, हुड लगाएको थिएँ, त्यसमाथि ठूलो कोट थियो । अनुहार ढाक्ने मास्क थियो र अरु कपडा पनि लगाएको थिएँ, तैपनि मलाई चिसो अनुभव भइरहेको थियो,” उनले भने ।

सिकागोको ओहेयर बिमानस्थलमा पनि व्यवस्थापनको कार्य जटिल बनेको थियो । कर्मचारीलाई बाहिर १५ मिनेटभन्दा बढी समय काम गर्न सक्ने अवस्था थिएन । १८०० भन्दाबढी उडान रद्द गरिएका थिए । आम्ट्राक रेलसेवाले पनि रेलसेवा बन्द गर्नुपरेको छ ।

अमेरिकी हुलाक सेवाले इन्डियाना, मिसिगन, इलेनोइस, ओहायो, आयोवा, डकोटा, नेब्रास्कामा चिठीपत्र र अरु सामान ढुवानी स्थगित गरेको छ ।

अमेरिकी राष्ट्रिय जलवायू सेवाले बिहीबारसम्म यस क्षेत्रको तापक्रम माइनस २५ देखि ४५ डिग्री सेल्सियससम्म रहने जनाएको छ ।

इलेनोइस, मिसिगन र विस्कन्सिन राज्यमा आपतकालीन उपाय घोषणा गरिएको छ । मिसिगनकी गभर्नर ग्रेचेन ह्वीटमरले सरकारी कार्यालय बिहीबारसम्म बन्द रहने घोषणा गरेको छ । अत्यावश्यक बाहेकका अरु कर्मचारीलाई घरमै बस्न भनिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले