back
CTIZAN AD

अमेरिकाको मध्यपश्चिमी भागमा अत्यधिक चिसो, जनजीवन प्रभावित

वि.सं.२०७५ माघ १७ बिहीवार

582 

shares

१७ माघ, सिकागो ।  अत्यधिक चिसो हावाका कारण संयुक्तराज्य अमेरिकाको मध्यपश्चिमी क्षेत्रमा जनजीवन अस्तव्यस्त भएको छ । यहाँको तापक्रम अन्टार्कटिका ध्रुवीय क्षेत्रको भन्दा न्यून छ । हवाई सेवा अबरुद्ध छ भने विद्यालय र व्यवसाय बन्द भएका छन् ।

हुलाक सेवा स्थगित भएको छ भने झण्डै एक दर्जन राज्यका नागरिकलाई घरभित्रै बस्न सरकारले अनुरोध गरेको छ । धेरै वर्षपछि यति बढी चिसो अनुभव गरिएको हो ।

अमेरिकी सञ्चारमाध्यमले अत्यधिक चिसोका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएका छन् । आर्कटिक ध्रुवीय क्षेत्रबाट बहेको हिउँ आँधीका कारण अत्यधिक चिसो अनुभव भएको बताइएको छ ।

चिसोकै कारण अभूतपूर्व दृश्य जताततै देखिएका छन् । जस्तै मिसिगन तलाउको पानी जमेको छ भने अहोरात्र खस्ने नियागारा फल्सको पानी जमेर रोकिएको छ ।

अमेरिकाको तेस्रो ठूलो सहर सिकागोको मौसम आजसम्मकै सबैभन्दा चिसो छ । सिकागोमा गएराति नयाँ रेकर्ड कायम भएको छ र यो अझ तल झर्ने अनुमान गरिएको छ ।

“यो चिसो ऐतिहासिक छ,” सिकागोका मेयर राहम इमानुएलले बताएका छन् । “यो चिसोले ज्यानै लिन सक्दछ, र त्यहीअनुसार सम्पूर्ण बन्तोबस्त गरिनु आवश्यक छ ।”

विल्डी सिटीको बिहानको तापक्रम माइनस २२ डिग्री सेल्सियस पुगेको छ । अति चिसो हावाका कारण यहाँ माइनस ५० डिग्री सेल्सियस तापक्रम पुगेसरह लाग्दछ ।

यहाँको तापक्रम अलास्काको राजधानीको भन्दाबढी छ र अन्टार्कटिका भन्दा यहाँ बढी चिसो छ ।

“यहाँ हिउँको डल्लाकै छेउमा बसेजस्तो अनुभव हुँदैछ,” लियोन गिल्बर्टले बताएका छन् । “मेरो छाला नै गाँठो परेजस्तो भएको छ ।”

स्यान्डविच पसलका व्यवस्थापक डानियल गोन्जालेजले पनि अरु जस्तै समयमै पसल खोल्न सकेन्न् । “अरु दिनभन्दा ढिलो अर्थात् विहान ०५ बजे पसल खोल्न पुगें । मैले दुईवटा बाक्ला लुगा लगाएको थिएँ, हुड लगाएको थिएँ, त्यसमाथि ठूलो कोट थियो । अनुहार ढाक्ने मास्क थियो र अरु कपडा पनि लगाएको थिएँ, तैपनि मलाई चिसो अनुभव भइरहेको थियो,” उनले भने ।

सिकागोको ओहेयर बिमानस्थलमा पनि व्यवस्थापनको कार्य जटिल बनेको थियो । कर्मचारीलाई बाहिर १५ मिनेटभन्दा बढी समय काम गर्न सक्ने अवस्था थिएन । १८०० भन्दाबढी उडान रद्द गरिएका थिए । आम्ट्राक रेलसेवाले पनि रेलसेवा बन्द गर्नुपरेको छ ।

अमेरिकी हुलाक सेवाले इन्डियाना, मिसिगन, इलेनोइस, ओहायो, आयोवा, डकोटा, नेब्रास्कामा चिठीपत्र र अरु सामान ढुवानी स्थगित गरेको छ ।

अमेरिकी राष्ट्रिय जलवायू सेवाले बिहीबारसम्म यस क्षेत्रको तापक्रम माइनस २५ देखि ४५ डिग्री सेल्सियससम्म रहने जनाएको छ ।

इलेनोइस, मिसिगन र विस्कन्सिन राज्यमा आपतकालीन उपाय घोषणा गरिएको छ । मिसिगनकी गभर्नर ग्रेचेन ह्वीटमरले सरकारी कार्यालय बिहीबारसम्म बन्द रहने घोषणा गरेको छ । अत्यावश्यक बाहेकका अरु कर्मचारीलाई घरमै बस्न भनिएको छ ।

वि.सं.२०७५ माघ १७ बिहीवार १६:५९ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...