back
CTIZAN AD

कोरियामा कामदारको उच्चतम उमेर ६५ वर्ष कायम गर्न आदेश

वि.सं.२०७५ फागुन ९ बिहीवार

567 

shares
तस्बिर : ऐजेन्सी

 

९ फागुन, सियोल । दक्षिण कोरियाको सर्वोच्च अदालतले कामदारका लागि योग्य हुन अधिकतम उमेर हद ६५ वर्ष तोक्न आदेश दिएको छ । अदालतको यस आदेशले अवकाशको उमेर र केही उद्योगमा प्रभाव पार्नेछ ।

सर्वोच्च अदालतको पूर्णइजलासमा १०–३ मतदानबाट उक्त आदेश भएको हो । परिवारका एक सदस्य डुबेको सम्बन्धी मुद्दामा पीडितको उमेर ६० वर्ष कायम गर्नेगरी पुनरावेदन अदालतले सुनाएको आदेशलाई सर्वोच्च अदालतले उल्ट्याएको हो ।

बिहीबारको उक्त आदेशसँगै पुनरावेदन अदालतले पार्क डोङ–ह्यून र उनको परिवारका सम्बन्धमा नयाँ आदेश जारी गर्नेछ । अगस्ट २०१५ मा चार वर्षका छोराको पौडी पोखरीका सञ्चालकको लापरबाहीका कारण मृत्यु भएको भन्दै पार्कले चार लाख ४० हजार क्षतिपूर्ति माग गरेका थिए ।

परिवारका सदस्यले आफ्नो बच्चाले ६५ वर्षसम्म काम गर्न सक्ने र त्यसबाट कमाई हुने रकमको अनुमान गरी क्षतिपूर्ति दाबी गरेका थिए ।

तल्लो अदालतले भने पौडी पोखरी सञ्चालकको पक्षमा आदेश दिएका थिए । अदालतले सर्वोच्च अदालतको सन् १९८९ को आदेशलाई नजीर मानेको थियो, जसमा अधिकतम कार्य उमेरलाई ५५ बाट ६० वर्ष कायम गरिएको थियो ।

लामो समयदेखि चलेको यस मुद्दामा सर्वोच्च अदालतले मुलुकको पछिल्लो परिस्थिति परिवर्तन भएको र कार्य उमेरको गणना वस्तुगत आधारमा गरिएको जनाएको छ ।

ओइसीडीको सन् २०१७ को प्रतिवेदन अनुसार कोरियालीको औसत आयू पुरुषको ७९.७ र महिलाको ८५.७ वर्ष रहेको छ । सरकारी र निजी कम्पनीमा अवकाश उमेर पनि ६० वर्ष पु¥याइएको छ ।

वि.सं.२०७५ फागुन ९ बिहीवार १९:२१ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...