१३ फागुन, काठमाडौँ । गेमिङ ग्यारेज नेपालको आयोजनामा प्रविधिको सहायताले खेलिने भिडियो गेम ‘नेपाल फिफा–१९ च्याम्पियनशिप’ यसै हप्तादेखि सञ्चालन हुने भएको छ ।
यही फागुन १६ देखि १९ गतेसम्म आयोजना हुने उक्त प्रतियोगतामा करीब पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका दीपन्कर डङ्गोलले जानकारी दिए ।
उक्त प्रतियोगताको विजेताले रु एक लाख ५० हजार तथा उपविजेताले रु ७५ हजार पाउनेछन् । त्यस्तै तेस्रो हुनेले रु ३० हजार र चौथोले रु दश हजार पुरस्कार प्राप्त गर्नेछन् भने क्वार्टरफाइनलमा पुग्ने टोलीले रु पाँच हजार र प्रिक्वार्टर फाइनलमा पुग्नेले रु दुई हजार पुरस्कार पाउनेछन् । उक्त प्रतियोगिता काठमाडौँस्थित सिभिल मलमा सञ्चालन हुनेछ ।
वि.सं.२०७५ फागुन १३ सोमवार १९:०६ मा प्रकाशित