
१७ फागुन, काठमाडौं । न्यून आय भएका देशमध्ये इन्टरनेट प्रयोगमा नेपाल उत्कृष्ट रहेको प्रतिवेदन सार्वजनिक भएको छ । ‘इन्क्लुसिभ इन्टरनेट इन्डेक्स २०११, को प्रतिवेदन अनुसार समावेसी इन्टरनेटको प्रयोगमा न्यून आय हुने देशमध्ये नेपाल पहिलो नम्बरमा छ । फेसबुकले हरेक वर्ष सार्वजनिक गर्ने इन्क्लुसिभ इन्टरनेट इन्डेक्स २०१९ मा न्यून आय भएका देशको सूचीमा नेपाल १०० मा कुल ६०.९ अंक हासिल गर्दै पहिलो स्थानमा रहन सफल भएको हो ।
इन्टरनेटको उपलब्धता, सामाथ्र्य, प्रासंगिकता तथा तत्परतालगायत विषयलाई आधार बनाएर यसको मूल्यांकन गरिएको हो । मूल्यांकनका आधारमा न्यून आय भएको देशको सूचीमा नेपालमा अन्य सबै अफ्रिकी मुलक छन् । उक्त सूचीमा दोश्रो नम्बरमा रुवान्डा र तान्जेनिया छन् । रुवान्डामा र तान्जेनियामा १०० मा ५६.२ अंक हारिल गरेका छन् । यस्तै तेस्रोमा सेनेगल रहेको छ । आजको अन्नपूर्णपोस्ट दैनिकबाट
वि.सं.२०७५ फागुन १७ शुक्रवार ०८:२७ मा प्रकाशित






























