back
CTIZAN AD

कृषिमा अनुदान, अमेरिकाको पक्षमा फैसला भएकामा चीन दुःखी

वि.सं.२०७५ फागुन १७ शुक्रवार

1.3K 

shares

१७ फागुन, बेइजिङ ।  गहुँ र धान उत्पादक किसानलाई चीनले दिँदै आएको अनुदानसम्बन्धी विवादमा विश्व व्यापार संगठन (डब्लुटिओ)ले वासिङ्टनको पक्षमा दिएको आदेशप्रति चीनले खेद व्यक्त गरेको छ ।

विश्वका दुई ठूला अर्थतन्त्र रहेका चीन र अमेरिकाबीच जारी व्यापार तनाब सुल्झाउन दुबै देशका उच्च प्रतिनिधिमण्डलबीच वार्ता जारी रहेकै समयमा डब्लुटिओको आदेश आएको छ ।

डब्लुटिओमा भएको सहमति विपरीत चिनीया किसानलाई गहुँ र धानमा चीनले १०० अर्ब डलर अनुदान दिएको आरोप लगाउँदै सन् २०१६ मा संयुक्तराज्य अमेरिकाले आरोप लगाएको थियो ।
“गहुँ र धानको न्यूनतम खरिद मूल्य नीतिसम्बन्धी चीनको अडानप्रति डब्लुटिओको विज्ञ समूह सहमत हुन सकेन । चिनीया पक्ष यसप्रति खेद व्यक्त गर्दछ,” चिनीया वाणिज्य मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

चीन विश्वमै गहुँ र धानको सबैभन्दा ठूलो उत्पादक राष्ट्र हो । विश्व बजारमा गहुँ र धानमा चीनको महत्वपूर्ण प्रभूत्व रहेको छ ।

डब्लुटिओका विज्ञहरुले सन् २०१२ देखि २०१५ सम्म हरेक वर्ष चीनले गहुँ, इन्डिका धान र जापोनीका धानको उत्पादनका लागि उपलब्ध गराएको अनुदान ८ दशमलब ५ प्रतिशतभन्दा बढी रहेको बताएका छन् ।

“मुलुकको कृषिका निम्ति सरकारी सहायता जरुरी छ । किसानको आम्दानीलाई प्रत्याभूति गर्नु आवश्यक छ र सबै मुलुकले खाद्य सुरक्षाका लागि यस्तो गर्छन् र यो सामान्य हो । यो डब्लुटिओको नियम बमोजिम पनि उचित छ,” वाणिज्य मन्त्रालयले जनाएको छ ।

“चीनले डब्लुटिओका नियमहरुको सधैं सम्मान गरेको छ र विज्ञ समूहले दिएको प्रतिवेदनको होसियारीपूर्वक अध्ययन गरिनेछ । यस विषयमा डब्लुटिओको विवाद समाधान कार्यविधि बमोजिम चीन अगाडि बढ्नेछ ।”

डब्लुटिओको आदेशविरुद्ध दुबै पक्षले ६० दिनभित्र अपिल गर्न पाउँछन् ।
अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजर र कृषिमन्त्री सोन्नी पर्डिउले “अमेरिकी कृषिको महत्वपूर्ण विजय” भन्दै डब्लुटिओको आदेशको स्वागत गरेका छन् । उहाँहरुले डब्लुटिओको आदेश बमोजिम कृषिमा प्रदान गर्ने अनुदानलाई समायोजन गर्ने विश्वास व्यक्त गरे ।

वि.सं.२०७५ फागुन १७ शुक्रवार १८:१९ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...