
१८ फागुन, काठमाडौं । बरिष्ठ राजनीतिज्ञ भरतमोहन अधिकारीको निधन भएको छ ।
पूर्व उपप्रधान मन्त्री तथा अर्थमन्त्री समेत रहेका अधिकारीको शनिबार उपचारका क्रममा निधन भएको हो ।
माघ २ मा मेडिसिटी अस्पतालमा भर्ना गरिएका नेता अधिकारीलाई माघ २४ गतेदेखि ह्याम्स अस्पतालमा उपचार गराइएको थियो । अधिकारी शुक्रबारदेखि गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार भएको थियो ।
निमोनिया, श्वास प्रस्वास तथा मुटुको विरामी रहेका नेता अधिकारीको ८३ वर्षको उमेरमा उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।
मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला अर्थमन्त्री बनेका नेता अधिकारी बृद्ध भत्ताका कारण देशवासीका बीच लोकप्रिय बनेका थिए ।
त्यस्तै शेर बहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा उपप्रधान तथा अर्थमन्त्री रहेका अधिकारी त्यतिबेला विभिन्न अस्पतालमा पुगेर सुत्केरी भत्ता बाडेर लोकप्रियता कमाएको समेत बताइन्छ ।
अधिकारीलाई भोली आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म नेकपा पार्टी कार्यालय धुम्बाराहीमा अन्तिम श्रद्धान्जली दिइने बताइएको छ ।
अस्पतालले भन्यो–नेता अधिकारीलाई बचाउन न्यून सम्भावना
वि.सं.२०७५ फागुन १८ शनिवार २२:२५ मा प्रकाशित