
१९ फागुन, काठमाडौ । शिवरात्रिको दिन काठमाडौ ट्राफिकले केहि डाइभर्सन र केहि स्थानलाई त निषेधीत नै घोषणा गरेको छ । तपाई ट्राफिक व्यवस्था नबुझी पशुपति दर्शन गर्न निस्कनु भयो भने जाममा पर्ने वा एक ठाउँ भन्दा अर्कै ठाउँ पुग्ने सम्भावना रहन्छ ।
यस्तो छ ट्राफिक व्यवस्था
शिवरात्रिको दिन चक्रपथ घुम्ने गाडी एयरपोर्ट र चाबहिलमा रोकीने छन् । महाराजगन्ज चक्रपथ बाट गौशाला जाने गाडीलाई चाबहिलबाट फर्काइने व्यवस्था मीलाएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै कोटेश्वर र बानेश्वर बाट चाबहिल चल्ने चक्रपथका गाडी एयरपोर्ट बाटै फर्किने छन् । रत्नपार्क बाट जोरपाटी रुटमा चल्ने गाडीलाई कृष्ण पाउरोटी, ज्ञानेश्वर, सीफल, गणेशथान हुदै चाबहिल बाट जोरपाटी पठाइने छ । बानेश्वर, द्धारीका होटल हुदै गौशाला जाने गाडी पुरानो बानेश्वरमै रोकीने छन् ।
पार्कीङग कता गर्ने
ट्राफिक प्रहरीले तिलगंगा,सीफल, गुहेश्वरीलाई मुख्य पार्कीङग स्थान तोकेको छ । यस्तै ट्रक र अन्य ठुला बसहरुलाई बौद्ध, तीनकुने, कालोपुल, सुकेधारा आदी ठाउँमा पार्कीङग गर्न सकिने ट्राफिक प्रहरीले जनाएको छ ।
वि.सं.२०७५ फागुन १९ आइतवार १५:१० मा प्रकाशित






























