back
CTIZAN AD

अचम्मको कुकुर, जसले जुत्ता चोरेर प्रहरी कार्यालयमा बुझाउँछ (तस्बिरसहित)

वि.सं.२०७५ फागुन १९ आइतवार

1.2K 

shares

१९ फागुन, काठमाडौं । कुकुरले खाना चोरेको, काटेर राखेको मासु चोरेको, दूधको कुडेमा मुख चोबेर तर खाएको वा पकाएर राखेको खानेकुरामा मुख हालेर जुठो गरिदिएको हामीले थाहा पाउँदै र भोग्दै पनि आएका हौ । तर, कुकुरले जुत्ता चोरेर हैरान पारेको पहिलोपटक सुन्दैछौं । त्यो पनि एक–दुई वटा हो र पाठकबृन्द ३–४ बोरानै भएको छ ।
सुन्दा पनि अचम्मै लाग्छ किन चोर्यो होला कुकुरले जुत्ता ? न उसलाई लगाउन मिल्ने वा खाननै मिल्ने । तर, यतिबेला एकजोडी कुकुरले जिल्ला प्रहरी कार्यालय दोलखा वरपरका स्थानीयहरुको घरबाट जुत्ता चोरेर हैरानै पारेको छ । जुत्ता चोर्ने अनि जिल्ला प्रहरी कार्यालय र मालपोत कार्यालयको वरिपरी राख्ने । त्यो पनि दिउँसोमा कहाँ हो र पाठकबृन्द, जब राति पर्छ अनि जुत्ता चोरेर  ल्याइहाल्छ ।
‘अचम्मै परेका छौं, हामी पनि दिनभरी हेर्छौ, एउटा जुत्ता ल्याएको देखिदैंन, राति परेपछि जुत्ता चोर्न जाँदो रहेछ क्यारे, बिहान उठेर हेर्दा कुकुर जुत्तामाथि बसेको हुन्छ ।’ जिल्ला प्रहरी कार्यालय दोलखाका असई तिलक गौतमले संसारन्युज डटकमलाई भने । उनका अनुसार कुकुरले स्थानीयको घरबाट चोरेर ल्याएको जुत्ता ३–४ बोरा भएको र त्यो जिल्ला प्रहरी कार्यालयमा स्टोर गरेर राखिएको छ । वरिपरीका स्थानीयले आफ्नो जुत्ता चिनेर लाने क्रम पनि भइरहेको छ ।
‘जनावर हो के गर्ने हजुर, स्थानीयलाई नै यसमा सजगता अपनाउन भनेका छौं, ’ असई गौतमले भने, ‘हामीले जुत्ता घरबाहिर नराख्न भनेर अनुरोध गरेका छौं ।’
यसै विषयमा सई बलदेव देवकोटा भन्छन् ‘हाम्रो मेसबाट बाहिरीएको खाना खान पाउँछन्, बस्ने पनि यतै भएकोले होला, जुत्ता, प्रहरी कार्यालय वरीपरी ल्याएर छोड्छन् ।’
कुकुरको चोर्ने नियत भन्दा पनि देशभरी बढेको चिसोका कारण पनि उसले न्यानोका लागि स्थानीयका घरबाट जुत्ता ल्याएर आफू त्यहिमाथि बस्ने गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

वि.सं.२०७५ फागुन १९ आइतवार १६:०१ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...