back
CTIZAN AD

चीनको कूटनीतिक उपलब्धिप्रति प्रशंसा

वि.सं.२०७५ फागुन २७ सोमवार

645 

shares

२७ फागुन, बेइजिङ, चीन ।  चीनका परराष्ट्रमन्त्री वाङ यीले विदेशी विशेषज्ञहरूले चीनले पछिल्लो समय कूटनीतिकरूपमा उपलब्धि हाँसिल गरेको भनी दिएको भनाईप्रति आभार प्रकट गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको जन काँग्रेस चलिरहेका समय चीनमा रहेका विदेशी कूटनीतिक विज्ञद्वारा गरिएको उच्च मूल्यांकनले चीनलाई थप जिम्मेवार बन्न प्रेरित गरेको उनको भनाइ थियो ।

उनीहरूले विश्व शान्तिको सुरक्षा र मानवजातिको प्रगतिलाई अघि बढाउनका लागि चीनले अझ बढी योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

टर्कीका चीन विज्ञ गिराय फिदानले चिनियाँ कूटनीतिक सिद्धान्तको समीक्षा गर्दा साझा जीतको सिद्धान्त रहेको कुरा बताए ।उनले भने, “‘बेल्ट एण्ड रोड’ले वरिपरिका देशबीच आर्थिक सहयोगलाई घच्घच्याउनुका साथै मानव सभ्यताको आदान–प्रदानलाई प्रत्यक्ष रूपमा बढाएर धेरै नयाँ मञ्च र नयाँ मौका दिएको छ ।”

यसैगरी ‘बेल्ट एण्ड रोड’ प्रस्तावसँग महत्वपूर्ण ऐतिहासिक अर्थ रहेकोले हालसम्म आधारभूत प्रबन्धको निर्माणमा आश्चर्यलाग्दो उपलब्धि हासिल गरेको अमेरिकी पत्रिका ‘एक्सचेन्ज इन्टेलिजेन्स रिभ्यू’अन्तर्गत वाशिङ्टन शाखाका प्रमुख विलियम जोनले बताए ।

रूस–चीन विश्लेषण केन्द्रका प्रमुख सेर्गेइ सानाकोयभले भने, “चीनले विभिन्न मुलुकसँग नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गरिरहेको छ । यो नयाँ अन्तराष्ट्रिय सम्बन्ध अति आकर्षक भएर झन् झन् बढी देशहरूले चीनसँग सहकार्यको रूचि देखाएका छन्।”

त्यस्तै दक्षिण कोरियाली सुङ्क्यून क्वान विश्वविद्यालयअन्तर्गत चीन अनुसन्धान व्यूरोका प्रमुख ली ही ओकले पूर्वी एशियाको ठूलो मुलुकको हैसियतमा विभिन्न देशबीच मतभेदको सामना र सहयोगको प्रर्वद्र्धनमा चीनले महत्वपूर्ण भूमिका खेलेको बताए ।

वि.सं.२०७५ फागुन २७ सोमवार १०:१२ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...